Latest News
Kathmandu

नागरिक आन्दोलन छोडेर पार्टी प्रवेश किन?

नागरिक आन्दोलन छोडेर पार्टी प्रवेश किन?
२०४६ सालको परिवर्तन पश्चात् प्रजातान्त्रिक परिपाटी मार्फत देशको समुन्नत बिकाश आर्थिक उन्नति प्रगति शिक्षामा सर्वसाधारण जनताहरुको सहजै सरलिकरण हुन्छ भन्ने उदेश्यले देशमा चली आएको निर्दलिए पन्चाएतको बिरुद्ध ०४६सालको आन्दोलनमा नेपाली जनता ले कुर्वानी गरे। कृष्ण प्रसाद भट्टराई को नेतृत्वमा २०४७सालको सम्बिधान छ महिनामा निर्माण गरि २०४८ सालको आम निर्वाचनमा नेपाली कङ्रेस को नेतृत्वमा एक माने सरकार निर्माण भयो।
तत्कालिन माले लगायत साना बाम घटक मिलेर बनेको नेकपा एमाले प्रमुख प्रतिपक्ष हुन पुग्यो। नेपाली कङ्रेस का सभापती तथा प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले छदाखादाको एकमाने सरकार विघटन गरि मद्यावति निर्वाचन घोशणा गरे पछि काङ्ग्रेसको रबैया प्रती असन्तुस्टी जनाउदै कङ्रेसको पारा ले देशमा प्रगती उन्नती नहुने देखेर मैले तत्कालिन नेबि संघ परित्याग गरि २०५१ सालमा रास्टिय प्रजातन्त्र पार्टि प्रवेश गर्ने निर्णय गरे।
राप्रपाका नेता स्वर्गीय रजेश्वर देबकोटा र पुर्व प्रधानमन्त्री लोकेन्द्र बाहादुर चन्द ,चन्दा शाह को नितृत्वमा राप्रपा प्रबेश गरि रा.प.वि. संघ को केन्द्रिय सदस्य हुँदै तत्कालिन रा प्र पा (चन्द) पार्टी को जिल्ला सचिव २०५६ सालको आम निर्वाचनमा रा प्र प्रा (चन्द) र तत्कालीन बाम्देभ गौतमको माले पार्टी ले देशै भरी निर्वाचन हार्न पुगे। त्यस पश्चात् रा प्र पा (चन्द) पुर्व प्रधानमन्त्री लोकेन्द्र बहादुरको नेतृत्वमा तत्कालिन राप्रपा पुर्व प्रधानमन्त्री सुर्य बहदुर थापा को पार्टी सङग पार्टी एकीकरण भयो। र राप्रपा पार्टी चन्द का नेता स्वोर्गिय राजेस्वर देबकोटा को नेतृत्वमा राप्रपा रास्टबादि पार्टी गठन भयो।
पार्टी केन्द्रिय अध्यक्ष मा देबकोटा युवक संगठन को अध्यक्ष मा हेम बिक्रम सिलवाल गठन गरि रास्ट्रवादी आन्दोलन अगि बढी रहेकै थियो। तत्कालिन राप्रपा नेपाल का अध्यक्ष पुर्व अर्थमन्त्री स्वर्गीय रबिन्द्र नाथ शर्मा को नेतृत्वमा राप्रपा नेपाल र राप्रपा रास्ट्रवादि पार्टी एकीकरण भई राप्रपा नेपाल बन्यो। तेस पार्टिको सिन्धुपाल्चोक जिल्लाको जिल्ला अध्यक्ष भई २०६४ सालको संविधान साभा को क्षेत्र न २को संविधान सभाको सदस्य मा उमेदवार भए तर देशै भरी ०६४ को पहिलो सम्बिधान सभामा राप्रपा नेपाल ले आफ्नो परिणाम निकाल्न सफल भएन।
सम्बिधान सभामा नेता राजेस्वर देबकोटा रबिन्द्र नाथ शर्मा ले असहयोग गरेको भनी तत्कालिन राप्रपा नेपाल का अध्यक्ष पुर्व मन्त्री कमल थापा ले देबकोटा तथा रबिन्द्र नाथ शर्मा पक्ष का नेता तथा कार्यकर्ता लाई थापाले भुमिका बिहिन बनाउदै लगे। तर हामी पार्टी प्रती इमान्दार बफादार कार्यकर्ता थियौ तर पनि कमल थापा ले कार्यकर्ताको भावना बुज्न सक्न्नु भएन। हामिलाई भित्तामै पुराएर छाड्नु भयो। हामी आस्थाको हिसाबले मुल एजेन्डा सम्बैधानिक राजसंस्था र हिन्दु आधिराज्यको पक्षपाती थियौ। आफ्नो अजेन्डा बाट कहिल्यै बिचल्लित भएनौ।
२०६५साल देखि बाध्यकारि अवस्था मा स्वतन्त्र नगरिक समाज गठन गरि नागरिक आन्दोलनमा आन्दोलन गर्न बाध्य भयौ। २०६६ साल माघ १०गते नेपाली कङ्रेशका कोषाध्यक्ष स्वर्गीय राम बाबू प्रसाईं को नेतृत्वमा २०४७सालको सम्बिधान पुनर्स्थापना जन आन्दोलन समिती गठण गरि संगठन बिभाग प्रमुख भएर पनि काम गरियो , यसै सम्बिधान लाई सम्मान्य परिमार्जन गरि कार्यन्वयन गराउ भन्ने आन्दोलन पनि अगि बाढाईयो।
पुर्व मन्त्री स्वर्गीय खुम बहादुर खड्का को नेतृत्वमा हिन्दु रास्ट्र महा अभियान को सदस्य भई महा अभियान चलाईयो। नागरिक आन्दोलन गरेको पनि आज १४ वर्ष बितेछ। राप्रपाको एकता महाधिबेशन बाट प्रजातान्त्रिक तौल तरिका बाट अध्यक्ष जस्तो गरिमामय पद मा माननीय राजेन्द्र प्रसाद लिङ्देल निर्वाचित भएपछि सबैमा राप्रपा प्रतिको आकर्शण र बैकल्पिक शक्तिको रुपमा उदय हुने अवस्था मा छरियर रहेका रास्ट्रवादी शक्ति हरु एक हुन पर्ने अवस्था सृजना भएको हुदा स्वतन्त्र नागरिक समाज पनि राप्रपा मा कार्यगत एकता गर्ने निर्णय मा पुगेको हो।
राप्रापा नै एक मात्र रास्टवादि प्रजातान्त्रिक धर्म सास्कृतिक उदार्वादी पार्टी को रुपमा आम नेपाली दाजु भाइ दिदी बहिनी हरुले बौद्धिक वर्ग हरुले रुचाएका छन, भन्ने स्वतन्त्र नगरिक समाज को ठम्याई हो।
जय गुरु गोरख!!!
हेम बिक्रम सिलवाल
संयोजक स्वतन्त्र नागरिक समाज
पाटन ढोक पिपल बोट ललितपुर ।
२०७८/१२/२४ बिहिवार शुभम।
📤 Share this story:
sgadmin

sgadmin

Staff Reporter

← अगिल्लो समाचार
एउटै चुनाव चिन्हबाट लड्ने धरानमा गठबन्धनको तयारी
पछिल्लो समाचार →
पललाई थुनामा राख्न आदेश

Leave a Comment

Your email address will not be published. Required fields are marked *