Latest News
Kathmandu

एमाले र राप्रपा (नेपाल)बीच तालमेल हुँदै

एमाले र राप्रपा (नेपाल)बीच तालमेल हुँदै

काठमाडौँ । प्रमुख प्रतिपक्ष दल एमाले र कमल थापा नेतृत्वको राप्रपा (नेपाल)बीच चुनावी तालमेल करिब निश्चित भएको छ ।

राप्रपा नेपालसँग निरन्तर संवादमा रहेका एमाले नेता देवेन्द्र दाहालले सोमबारसम्म निर्णयमा पुगिने बताए ।

स्थानीय निर्वाचनमा एक्लै लड्ने केन्द्रीय नीति भए पनि एमाले केन्द्रीय कमिटी बैठकले जिल्लामा भने तालमेल गर्न सकिने स्पष्ट गरिसकेको छ ।

राजेन्द्र लिङ्देन नेतृत्वको राप्रपा र एमालेबीच भने छलफल रोकिएको छ । राप्रपा एक्लै चुनावी मैदानमा जाने योजनामा रहेको प्रवक्ता मोहन श्रेष्ठले बताए ।

 

📤 Share this story:
sgadmin

sgadmin

Staff Reporter

← अगिल्लो समाचार
आंशिकदेखि सामान्य बदलीको संंभावना
पछिल्लो समाचार →
गठबन्धनको बैठक बस्दै

Leave a Comment

Your email address will not be published. Required fields are marked *