Latest News
Kathmandu

दुई दशक पुराना गाडीलाई फेरि सञ्चालनमा ल्याइँदै

दुई दशक पुराना गाडीलाई फेरि सञ्चालनमा ल्याइँदै

काठमाडौँ । सरकारले २० वर्ष पुराना गाडीलाई फेरि सञ्चालन गर्न दिने तयारी गरेको छ । सरकारले २० वर्ष पुराना गाडी सडकमा चलाउन नपाउनेगरी परिमार्जन गरिएको व्यवस्थालाई फेरि परिवर्तन गर्न लागेको हो ।

पुराना गाडीका कारण वातावरण प्रदूषण बढेको तथा दुर्घटनासमेत बढ्ने खतरा हुँदाहुँदै भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले भने २० वर्ष पुराना सवारी साधनलाई फेरि सडकमा गुडाउन दिने गरी गृहकार्य थालेको हो ।

भौतिक मन्त्रालयले वातावरणविद्, यस क्षेत्रका सरोकारवाला निकायलगायत आवश्यक छलफल नै नगरी व्यवसायीको प्रभावमा परेर यसअघिको नियमलाई फेरि परिवर्तन गर्ने तयारी गरेको छ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेणुकुमारी यादवले आइतबार राजधानीमा आयोजित एक कार्यक्रममा नै यसका विषय खुलेरै अभिव्यक्ति दिएकी छन् ।

२० वर्ष पुरानो गाडी सडकमा चलाउन नपाउनेगरी परिमार्जित गरिएको कानुन परिवर्तन गर्न आवश्यक रहेको उनको जिकिर छ । यो समाचार आजको राजधानी दैनिकमा छ ।

📤 Share this story:
sgadmin

sgadmin

Staff Reporter

← अगिल्लो समाचार
गठबन्धनको बैठक बस्दै
पछिल्लो समाचार →
हाम्रो भान्सा गुणस्तरहीन ग्याँस सिलिण्डरले असुरक्षित हुँदैछ

Leave a Comment

Your email address will not be published. Required fields are marked *