नेकपा एमालेका उपमहासचिव विष्णु रिमालले गोविन्द बन्दीलाई चुनाव सार्ने योजना बुन्न कानूनमन्त्री बनाइएको आरोप लगाएका छन् । उनले बन्दीलाई गैर सांसद मन्त्री भन्दै चुनाव सार्ने कानूनको जालो बुँदा खोजिरहेको आरोप लगाएका हुन् ।
गठबन्धनलाई ठगबन्धनवालाहरुको संघा दिदै चुनाव सार्नकै लागि गभर्नरमाथि धावा बोलिएको आरोप लगाए । उनले भने, ‘आर्थिक संकटकाल घोषणा गरी चुनाव सार्ने ध्याउन्नामा गठबन्धनवालाहरु छन् ।’

Leave a Comment