काठमाडौँ । इन्डियन प्रिमियर लिग (आईपीएल) मा नवप्रवेशी गुजरात टाइटन्सले पहिलो हार व्यहोरेको छ ।
सोमवार राति मुम्बईमा भएको खेलमा सनराइजर्स हैदरावादले गुजरात टाइटन्सलाई ८ विकेटले पराजित गरेको हो ।
पहिले ब्याटिङ गरेको गुजरातले सात विकेट गुमाएर १६२ रन बनाएको थियो। १ सय ६३ रनको लक्ष्य पछ्याएको हैदराबादले १९ ओभर १ बलमा २ विकेट गुमाएर लक्ष्य पूरा गर्यो ।
अहिलेसम्म दुवै टोलीले चार–चार खेल खेलिसकेका छन्। गुजरातले चार खेलमा तीन खेल जितेको छ भने एक खेलमा हार व्यहोरेको छ। जहाँ हैदरावादले दुई खेलमा हार र दुई खेलमा जित निकाल्न सफल भएको छ।

Leave a Comment