Latest News
Kathmandu

दुर्गा प्रसाईलाई ऋषि धमलाको प्रश्न : अहिलेसम्म जति पैसा कमाउनुभयो, कसरी कमाउनुभयो ? (भिडिओसहित)

दुर्गा प्रसाईलाई ऋषि धमलाको प्रश्न : अहिलेसम्म जति पैसा कमाउनुभयो, कसरी कमाउनुभयो ? (भिडिओसहित)

नेकपा (एमाले) का केन्द्रीय सदस्य तथा व्यवसायी दुर्गा प्रसाईले देशव्यापी रुपमा नै एमालेको जित सुनिश्चित् रहेको बताएका छन् । हिजो राति प्राइम टिभीबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै प्रसाईले यस्तो बताएका हुन् ।

उनले कम्युनिष्टको वर्गशत्रु भनेको कांग्रेस र कांग्रेसको वर्गशत्रु कम्युनिष्ट भएको अवस्थामा अहिले कम्युनिष्ट र कांग्रेसबीच गठबन्धन हुनु आश्चर्यको विषय बनेको टिप्पणी गरे । उनले नेपाल श्रीलंकाभन्दा पनि टाट पल्टिने दाबी गरे । उनले अहिले गठबन्धनको सरकार बनेपछि नै देश टाट पल्टिने अवस्थामा पुगेको आरोप लगाए ।

कुराकानीको क्रममा धमलाले तपाईले अहिलेसम्म कसरी पैसा कमाउनुभयो ? भनेर सोधेको प्रश्नमा प्रसाईले भने,‘कुन कमाई ? लगानी मैले कहाँ कहाँ गरें त्यो त म किन भन्छु ? मैले गरेका काम सबै पारदर्शी छन् । कर तिरेको छु । यसमा कुनै द्धिविधा छैन् ।’

 

📤 Share this story:
sgadmin

sgadmin

Staff Reporter

← अगिल्लो समाचार
अनुमति विना चुनावी पोस्टरमा आफ्नो तस्वीर राखेकोप्रति आपत्ति
पछिल्लो समाचार →
भागबन्डावादी गठबन्धनले एमालेको जित र अग्रता स्वीकार गरिसकेको छ, हामी गठबन्धनभन्दा जनमतमा विश्वास गर्छौंः विष्णु पौडेल

Leave a Comment

Your email address will not be published. Required fields are marked *