Latest News
Kathmandu

पहाडी क्षेत्रमा चट्याङसहित वर्षाको सम्भावना

पहाडी क्षेत्रमा चट्याङसहित वर्षाको सम्भावना

काठमाडौँ । हाल नेपालमा पश्चिमी वायुको साथै स्थानीय वायुको सामान्य प्रभाव रहेको छ ।

दिउँसो पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही एक–दुई स्थानमा मेघ गर्जन र चट्याङसहित क्षणिक वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । राति पहाडी भू–भागमा आंशिक बदली रहनेछ ।

मंगलबार पहाडी भू–भागका थोरै स्थानमा मेघ गर्जन रचट्याङसहित क्षणिक वर्षाको सम्भावना छ ।

राति प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रहनेछ । प्रदेश १ को एक–दुई स्थानमा क्षणिक वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

📤 Share this story:
sgadmin

sgadmin

Staff Reporter

← अगिल्लो समाचार
स्थानीय तह निर्वाचन घोषणापत्र तयारी समितिमा सदस्य थप
पछिल्लो समाचार →
रियल मड्रिड र एट्लेटिको विजयी

Leave a Comment

Your email address will not be published. Required fields are marked *