काठमाडौँ । केही समय यता निरन्तर रूपमा बढिरहेको पेट्रोलको मूल्य यतिबेला भने भारतबाट घटेर आएको छ ।
गएको शनिबार भारतबाट आएको नयाँ मूल्यसूचीअनुसार पेट्रोलको मूल्यमा प्रतिलिटर ४.७९ रुपैयाँले घटेको नेपाल आयल निगमले जनाएको छ ।
तर, नयाँ मूल्यअनुसार डिजेलमा प्रति लिटर २.०२ रुपैयाँ, हवाई इन्धनमा ०.३८ रुपैयाँ बढेर आएको निगमको विज्ञप्तिमा उल्लेख छ ।


Leave a Comment