Latest News
Kathmandu

एमालेको नयाँ पार्टी कार्यालय यस्तो छ

एमालेको नयाँ पार्टी कार्यालय यस्तो छ

काठमाडौं । नेकपा एमाले भोलिदेखि नयाँ पार्टी कार्यालयमा सर्ने भएको छ । ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति भवनमा पार्टी स्थापना दिवसको अवसर पारेर एमाले सर्न लागेको हो ।

नयाँ कार्यालयबाट एमालेले स्थानीय चुनावका लागि प्रतिवद्धतापत्र सार्वजनिक गर्ने तयारी गरेको छ । पार्टी कार्यालयमा पदाधिकारीहरुको कार्यकक्ष निर्माण भइरहेको छ । कार्यालयमै २०० जनासम्म अट्ने सभाहल रहने कार्यालय सचिव भीष्म अधिकारीले जानकारी दिए ।

पार्टी कार्यालय परिसरमा निर्माण र साजसज्जाको काम पनि भइरहेको छ । २०७२ को भूकम्पले बल्खुस्थित मूख्यालय क्षतिग्रस्त भएपछि एमालेले केही वर्ष धुम्बाराहीबाट कार्यालय चलाएपछि गएको वर्ष थापाथली सरेको थियो । तर थापाथलीस्थित कार्यालय साँघुरो भएको भन्दै एमाले च्यासलमा सर्न लागेको हो ।

📤 Share this story:
sgadmin

sgadmin

Staff Reporter

← अगिल्लो समाचार
नेप्से ४.९४ अंकले बढ्यो, कारोबार रकम बढेन
पछिल्लो समाचार →
यौनहिंसा सम्बन्धी त्रिवि परिषदले उजुरी सुन्‍ने अधिकारी तोक्यो

Leave a Comment

Your email address will not be published. Required fields are marked *