Latest News
Kathmandu

नेकपा एमाले पार्टी कार्यालय च्यासलमा सर्‍यो

नेकपा एमाले पार्टी कार्यालय च्यासलमा सर्‍यो

काठमाडौं । नेकपा एमालेले आफ्नो पार्टी कार्यालय च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठानमा सारेको छ । एमालेका अध्यक्ष केपी ओलीले नेपाल कम्यनिस्ट पार्टीको ७४ औं स्थापना दिवसका अवसरमा आयोजित कार्याक्रका बीच पार्टी कार्यालयको उदघाटन गरेका हुन् ।

कार्यालय सञ्चालनका लागि एमालेले अहिले रहेको तुल्सीलाल स्मृति प्रतिष्ठानको पुरै भवन भाडामा लिएको हो । तुल्सीलाल स्मृति प्रतिष्ठानको कार्यालय भने अहिलेको भवनबाट पश्चिमतिर नयाँ भवन बनाइएको छ ।

प्रतिष्ठानको उक्त भवन एमालेले ५ वर्षका लागि भाडामा लिएको भन्दै एमाले उपमहासचिव विष्णु रिमालले प्रतिष्ठानसँगको सहकार्यमा व्यावसायिक ढंगलेसमेत सञ्चालन गरिने बताएका छन् ।

एक वर्षअघि मात्र धुम्बाराहीस्थित पासाङल्हामु स्मृति प्रतिष्ठानबाट एमाले कार्यालय थापाथलीमा सरेको थियो । त्यहाँ ठाउँ नपुगेपछि तुल्सीलाल स्मृति भवनमा सरेको हो ।

 

📤 Share this story:
sgadmin

sgadmin

Staff Reporter

← अगिल्लो समाचार
नेपालका कम्युनिष्ट पार्टीहरुले ७४ औं स्थापना दिवस मनाउँदै
पछिल्लो समाचार →
नगरपालिकाहरुले दर्ता गरेको रिटमाथि सर्वोच्चमा सुनुवाइ सुरु

Leave a Comment

Your email address will not be published. Required fields are marked *