Latest News
Kathmandu

ओखलढुङ्गामा एमालेले उम्मेदवार टुङ्ग्यायो, मेयरमा महिला उम्मेदवार

ओखलढुङ्गामा एमालेले उम्मेदवार टुङ्ग्यायो, मेयरमा महिला उम्मेदवार

ओखलढुङ्गा । नेकपा एमालेले ओखलढुङ्गा जिल्लाको आठ वटै स्थानीय तहमा उम्मेदवार टुंगो लगाएको छ ।

जिल्ला कमिटीले सिफारिस गरेका उम्मेदवारहरुको नामावाली मध्येबाट प्रदेश कमिटीले सबै स्थानीय तहका प्रमुख र उपप्रमुखलगायतको उम्मेदवार टुंगो लगाएको हो ।

सिद्धिचरण नगरपालिकाको मेयरमा ईच्छाकुमारी गुरुङ, उपमेयरमा केदारबाबु बस्नेतले टिकट पाएका छन् । खिजीदेम्बा गाउँपालिका अध्यक्षमा रामबहादुर खत्री, उपाध्यक्षमा कमला सुनुवार, मानेभञ्ज्याङ गाउँपालिका अध्यक्षमा रुपलाल तामाङ र उपाध्यक्षमा अम्मता राईलाई टिकट दिइएको छ ।

चम्पादेवी गाउँपालिका अध्यक्षमा खड्ग कार्की उम्मेद्‍वार बन्ने छन् । चम्पादेवीको उपाध्यक्षमा सविला खतिवडालाई उम्मेदवार बनाउने वा अरु कसैलाई उठाउने भन्ने विषयमा छलफल भइरहेको नेकपा एमाले प्रदेश कमिटी सचिवालय सदस्य तथा निर्वाचन क्षेत्र ‘क’ का इन्चार्ज अम्बिरबाबु गुरुङले बताए ।

मोलुङ गाउँपालिका अध्यक्षमा उत्तम राई, उपाध्यक्षमा उर्मिला खतिवडा, सुनकोशी गाउँपालिका अध्यक्षमा इन्द्रबहादुर खड्का (सुनिल), उपाध्यक्षमा तारा कार्की (सरस्वती) लिखु गाउँपालिका अध्यक्षमा मिलन विष्ट, उपाध्यक्षमा अस्मिता थापालाई उम्मेदवार बनाउने पार्टीले निर्णय गरेको इन्चार्ज गुरुङले जानकारी दिए ।

यसैगरी चिशंखुगढी गाउँपालिका अध्यक्षमा अशोक थापा र उपाध्यक्षमा सुस्मिता राईलाई उम्मेदवार बनाइएको  छ।

७५ वटै वडाका वडा अध्यक्ष सहित सदस्यहरुको नाम टुङ्गो लागि सकेको नेकपा एमाले ओखलढुङ्गाका सचिव कमल प्रसाद न्यौपानेले जानकारी दिए ।

कांग्रेस अन्तिम चरणमा

नेपाली कांग्रेसले पनि ओखलढुङ्गाका उम्मेदवार छनौटको काम अन्तिम चरणमा पुर्याएको नेपाली कांग्रेस केन्द्रीय सदस्य रामहरी खतिवडाले बताए ।

अधिकांश पालिकाहरुको उम्मेदवारको टुङ्गो लागिसकेको र केहीमा बाँकी रहेकाले चाँडै टुङ्गो लाग्ने खतिवडाको भनाइ छ । नेकपा एकीकृत समाजवादी, जसपा लगायत अन्य दलहरुले भने उम्मेदवारी छनौटको काम करिब अन्तिम चरणमा पुर्‍याएका छन् ।

📤 Share this story:
sgadmin

sgadmin

Staff Reporter

← अगिल्लो समाचार
चितवनमा पालिकासहित ९८ वटै वडामा सत्ता गठबन्धनको भागबन्डा
पछिल्लो समाचार →
डिजिटल सरकारदेखि आइडिया बैंकसम्म : बालेनको घोषणापत्र

Leave a Comment

Your email address will not be published. Required fields are marked *