Latest News
Kathmandu

बालेनले गराए उम्मेदवारी दर्ता, भन्छन्- ‘नयाँ पुस्ताकाे चिन्ता लिनेहरूले मलाई मत दिन्छन्’

बालेनले गराए उम्मेदवारी दर्ता, भन्छन्- ‘नयाँ पुस्ताकाे चिन्ता लिनेहरूले मलाई मत दिन्छन्’

काठमाडाैँ । बालेन शाहले नयाँ पुस्ताकाे चिन्ता लिनेहरूले आफूलाई मत दिने दाबी गरेका छन् । काठमाडाैँ महानगरपालिकाको मेयर पदका स्वतन्त्र उम्मेदवार शाहले नयाँ पुस्ताकाे चिन्ता गरेर पुरानै पुस्तालाई मत दिन नहुनेमा अहिलेका पुस्ता सचेत रहेकाे बताए ।

आज चुनावी घोषणापत्र सार्वजनिक गरेपछि उम्मेदवारी दर्ता गर्न राष्ट्रिय सभा गृह पुगेका शाहले भनेका छन्— ‘राजनीतिक दल र नेताहरुलाई गाली गर्नुको कारण देख्छु नयाँ पुस्ताको चिन्ता । अहिलेको पुस्ताले परिवर्तन ल्यायो, जनताको छोरो शासन सत्तामा पुग्ने भयो । अब छोराछोरीको भविष्यको चिन्ता छ । शिक्षा र स्वास्थ्यमा परिवर्तन चाहिएको छ । आशा छ, नयाँ पुस्ताको चिन्ता गर्नेहरूले नयाँ पुस्तालाई नै भोट दिनुहुन्छ ।’

शाहले ९० हजारभन्दा बढी मतका साथ जित्ने बताउँदै आएका छन् ।

शाहले उम्मेदवारी दर्ता गराएका छन् । उनले केही समयअगाडि राष्ट्रिय सभागृहमा स्थापित निर्वाचन आयाेगकाे कार्यालय पुगेर उम्मेदवारी दर्ता गराएका हुन् ।

📤 Share this story:
sgadmin

sgadmin

Staff Reporter

← अगिल्लो समाचार
कक्षा १२ को परीक्षा समयतालिका परिवर्तन
पछिल्लो समाचार →
अझै टुङ्ग्याउन सकेन कांग्रेसले महानगरकै उम्मेदवार

Leave a Comment

Your email address will not be published. Required fields are marked *