Latest News
Kathmandu

काठमाडौँका धारामा मेलम्चीको पानी

काठमाडौँका धारामा मेलम्चीको पानी

काठमाडाैँ । मेलम्चीको पानी काठमाडौँ उपत्यकावासीको घरघरमा वितरण हुने भएको छ । बिहान महाङ्कालचौरमा पानी आइपुग्ने र दिउँसोदेखि वितरण गरिने काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) ले जानकारी दिएको छ ।

अहिले धेरैजसो ठाउँमा नयाँ पाइपको परीक्षण बाँकी रहेकाले पुरानो पाइपबाटै पानी पठाउने तयारी छ । विगतमा सुन्दरीजलबाट ल्याएको पानी केयूकेएलले महाङ्काल, बालाजु, बाँसबारी, खुमलटार, बानेश्वर, बोडे र कीर्तिपुरसम्म पुर्‍याएको र यसपालि पनि ती गाउँमा पानी पुर्‍याउने लक्ष्य राखिएको केयूकेएलका प्रमुख कार्यकारी अधिकृत मिलन शाक्यले जानकारी दिए ।

गएको चैत २९ गते मेलम्ची खानेपानी आयोजनाको मुहानमा रहेको सुरुङबाट पानी सुन्दरीजल आइपुगेको थियो । आयोजनाको पहिलो चरणमा मेलम्ची नदीबाट दैनिक १७ करोड लिटर खानेपानी काठमाडौ उपत्यकामा वितरणका लागि २६ किलोमिटर भन्दा लामो सुरुङ तथा पानी प्रशोधन केन्द्रको निर्माण कार्य सम्पन्न गरिएको थियो । तर अहिले थोरैबाट वितरण शुरु हुँदैछ ।

मेलम्ची खानेपानी आयोजना निर्माण शुरु भएको झण्डै २२ वर्षमा अघिल्लो वर्ष पानी काठमाडौं आइपुगेको थियो । तर गएको असार एक र साउन १७ गतेको बाढी/पहिरोले मेलम्चीमा क्षति गरेको थियो । काठमाडौँ उपत्यकामा अहिले दैनिक ४३ करोड लिटर पानीको माग छ । तर वितरण भने मौसम अनुसार फरक पर्छ ।

📤 Share this story:
sgadmin

sgadmin

Staff Reporter

← अगिल्लो समाचार
अझै टुङ्ग्याउन सकेन कांग्रेसले महानगरकै उम्मेदवार
पछिल्लो समाचार →
कांग्रेस घोषणापत्र : एमसीसी पास हुनु देउवा सरकारको सफलता

Leave a Comment

Your email address will not be published. Required fields are marked *