Latest News
Kathmandu

कैलालीमा गठबन्धनको भागबन्डा : कांग्रेस ७, माओवादी ४ र समाजवादीलाई २ पालिका

कैलालीमा गठबन्धनको भागबन्डा : कांग्रेस ७, माओवादी ४ र समाजवादीलाई २ पालिका

धनगढी । कैलालीमा सत्तारुढ गठबन्धनले यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा चुनावी तालमेल गरेर जाने सहमति गरेको छ । लामो प्रयासपछि आइतबार मध्यरातमा गठबन्धनबीच चुनावी तालमेलबारे सहमति जुटेको हो ।

सहमतिअनुसार १३ वटा स्थानीय तहमध्ये नेपाली कांग्रेसले ७, माओवादी केन्द्रले ४ र नेकपा (एकीकृत समाजवादी) पार्टीले २ वटा पालिका पाउने भएको छ ।

कांग्रेस कैलालीका सभापति नारायणदत्त भट्टले कांग्रेसले धनगढी उपमहानगरपालिकासहित लम्कीचुहा नगरपालिका, गोदावरी नगरपालिका, टीकापुर नगरपालिका, बर्दगोरिया गाउँपालिका, जानकी गाउँपालिका, जोशीपुर गाउँपालिका पाउने सहमति भएकमो जानकारी दिए ।

उनकाअनुसार माओवादी केन्द्रले गौरीगंगा नगरपालिका, भजनी नगरपालिका, कैलारी गाउँपालिका र मोहन्याल गाउँपालिका तथा एकीकृत समाजवादीले घोडाघोडी नगरपालिका र चुरे गाउँपालिकामा उम्मेदवार उठाउने सहमति भएको हो ।

यी पालिकाहरूमा कांग्रेसले प्रमुख पदमा उम्मेदवार उठाउने ठाउँमा माओवादीले उपप्रमुख पाएको छ भने माओवादीले प्रमुख उठाएको ठाउँमा कांग्रेसले उपप्रमुखका उम्मेदवार उठाउनेछ तर एकीकृत समाजवादीलाई भने गोदावरी नगरपालिकामा मात्र उपप्रमुख दिइएको छ ।

२०७४ सालको निर्वाचनमा कांग्रेसले जितेका वडामा कांग्रेसका उम्मेदवार र मओवादीले जितेका वडामा माओवादीका उम्मेदवार उठाउने सहमति भएको छ भने एकीकृत समाजवादीले एमालेबाट विभाजित भएर पाएका वडाहरू मात्र पाउनेछ ।

गत निर्वाचनमा एमालेले जितेका २४ वडामा भने तीन वटै दलले ८⁄८ का दरले लिने सहमति गरेका छन् ।

कैलालीमा सत्तारुढ गठबन्धनभित्रको भागबन्डा जिल्लास्तरीय नेतृत्वले टुंग्याउन नसकेपछि प्रदेशको जिम्मा दिइएको थियो । प्रदेश पनि लामो प्रयासपछि मात्र सहमति गरेको छ ।

📤 Share this story:
sgadmin

sgadmin

Staff Reporter

← अगिल्लो समाचार
आज पनि मनोनयन दर्ता, उम्मेदवारको नामावली आजै प्रकाशन हुने
पछिल्लो समाचार →
आज गोरखामा भूकम्पको सातौँ स्मृति दिवस मनाइँदै

Leave a Comment

Your email address will not be published. Required fields are marked *