Latest News
Kathmandu

बागलुङका १० स्थानीय तहमा सत्तारुढ गठबन्धनको भागबन्डा

बागलुङका १० स्थानीय तहमा सत्तारुढ गठबन्धनको भागबन्डा

 बागलुङ। वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि सत्तारुढ गठबन्धनले बागलुङमा चुनावी तालमेल गरेर जाने सहमति गरेको छ । सोमबार विहान सत्ता गठबन्धनका दलहरुले स्थानीयतहको भागवन्डा गर्दै निर्वाचनमा मिलेर जाने निर्णय गरेका हुन् ।

सहमति अनुसार बागलुङका १० स्थानीय तहमध्य नेपाली कांग्रेसले बागलुङ नगरपालिका, काठे खोलागाउँपालिका, गलकोट नगरपालिका, बडिगाड गाउँपालिका र तमानखोला गाउँपालिकामा प्रमुख पाएको छ ।

माओवादी केन्द्रले तराखोला गाउँपालिका र ढोरपाटन नगरपालिका प्रमुख पाउने भएको छ। त्यस्तै राष्ट्रिय जनमोर्चाले बरेङ गाउँपालिका र जैमिनी नगरपालिका प्रमुख पाउने सहमती भएको माओवादी केन्द्र बागलुङ जिल्ला संयोजक राजीव घिमिरेले जानकारी दिए ।

उनका अनुसार नेपाली कांग्रेसले जैमिनीनगरपालिका, बरेङ गाउँपालिका र ताराखोला गाउँपालिकामा उपप्रमुख, माओवादी केन्द्रले बागलुङ नगरपालिका, गलकोट नगरपालिका र निसिखोलागाउँपालिकाको उप्रमुख पाउने भएको छ।

त्यस्तै राष्ट्रियजनमोर्चाले काठेखोलागाउँपालिका र बडिगाडगाउँपालिका र एकिकृत समाजवादीले तमानखोला गाउँपालिकाको उपप्रमुख पाउने सहमति भएको छ । जनता समाजवादीलाई २ कार्यपालिका सदस्य र ११ वडा सदस्यदिने गरि सहमतीभएको घिमिरेको भनाई छ ।

जिल्लाका ८५ वडामध्ये नेपाली कांग्रेसलाई ४३, माओवादी केन्द्रलाई २१, राष्ट्रियजनमोर्चालाई १५ र एकिकृत समाजवादीलाई ६ वडादिने गरि सहमती नेपाली कांग्रेस बागलुङका जिल्ला सभापती जीत शेरचनले बताए ।

📤 Share this story:
sgadmin

sgadmin

Staff Reporter

← अगिल्लो समाचार
आज गोरखामा भूकम्पको सातौँ स्मृति दिवस मनाइँदै
पछिल्लो समाचार →
साढे १६ हजार जनाले १२ बजेसम्ममा मनोनयन दर्ता गरे

Leave a Comment

Your email address will not be published. Required fields are marked *