काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले निजामती कर्मचारीका सन्ततिलाई शैक्षिक प्रोत्साहन वृत्तिको लागि आवेदन माग गरेको छ ।
आर्थिक वर्ष २०७८/०७९ को कार्यक्रम अनुसार स्वदेशी विश्वविद्यालय वा विश्वविद्यालयको आंगिक तथा सम्बन्ध प्राप्त शिक्षण संस्थामा कुनै पनि विषयमा स्नातक वा सो सरहको तहमा प्रथम वर्ष, पहिलो वर्ष अथवा दोश्रो सेमेस्टरमा भर्ना भइ अध्ययन गरिरहेका निजामति कर्मचारीका सन्ततिलाई शैक्षिक प्रोत्साहन वृत्तिको लागि आवेदन माग गरेको हो ।
निजामित सेवा ऐन, २०४९, नेपाल स्वास्थ्य सेवा ऐन, २०५३ तथा व्यावस्थापिका संसद सचिवालय सम्बन्धी ऐन, २०६४ बमोजिमको सेवाको पदमा बहाल रहेको स्थायी कर्मचारी, कर्मचारी समायोजन ऐन, २०७५ बमोजिम सरकारी सेवाबाट प्रदेश र स्थानीय तहमा समायोजन भएका निजामती कर्मचारी, निजामती सेवाको पदबाट निवृत्तिभरण पाउने अवधि पुरा भई अवकाश भएको वा निजामती सेवाबाट संवैधानीक निकायको पद वा न्यायधीशको पदमा नियुक्ति भई बहालरहेको त्यस्तो पदाधिकारी वा न्यायधीशका ईच्छुक सनततिलाई शैक्षिक प्रोत्साहन वृत्ति प्रदान गरिने भएको जनाएको छ ।


Leave a Comment