Latest News
Kathmandu

हुम्लाको चंखेलीमा एमाले र एकीकृत समाजवादीबीच तालमेल

हुम्लाको चंखेलीमा एमाले र एकीकृत समाजवादीबीच तालमेल

हुम्ला । नेकपा एमालेले आफूबाट फुटेर बनेको नेकपा एकीकृत समाजवादीलाई अहिलेसम्म राजनीतिक दल मानेको छैन ।

एमाले नेताहरुले सार्वजनिक कार्यक्रममा एकीकृत समाजवादी पार्टीको नाम उच्चारण गर्दैनन् । उक्त पार्टीका अध्यक्ष माधवकुमार नेपाल र अरु नेताहरुको चर्को आलोचना गर्छन् ।

एमाले अध्यक्ष केपी शर्मा ओलीले यो चुनावमा एक्लै प्रतिस्पर्धा गर्ने पटक पटक बताइसकेका छन् । उनले नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादीलाई कांग्रेसको सहयोगी दलको आरोप लगाइरहेका छन् ।

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसहितका नेताहरुले पनि एमालेको त्यत्तिकै आलोचना गर्छन् । तर शीर्ष नेताहरुको यो तिक्ततालाई बिर्सेर हुम्लाको चंखेली गाउँपालिकामा भने एमाले र एकीकृत समाजवादीबीच चुनावी तालमेल भएको छ ।

यी दुई दलबीचको तालमेलपछि गाउँपालिका अध्यक्षमा एमालेकी बिमलाकुमार शाही उम्मेदवार बनेकी छन् । नेकपा एकीकृत समाजवादी पार्टीबाट उपाध्यक्षमा प्रेमकला शाहीले उम्मेदवारी दिएकी छन् । एमालेले उपाध्यक्ष र एकीकृत समाजवादीले अध्यक्षमा उम्मेदवार उठाएको छैन ।

सत्तारुढ गठबन्धनमा रहेका दल नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रसँग हुम्लाको पालिकाको भागबण्डा नमिलेपछि एकीकृत समाजवादी एमालेसँग हात मिलाउन पुगेको हो ।

एमालेबाट अध्यक्षको उम्मेदवार बनेकी शाहीले पालिकामा अरु दलसँग पनि चुनावी सहकार्यका लागि छलफल चलिरहेको बताइन् ।

चंखेली माओवादीबाट गोविन्दबहादुर शाही अध्यक्ष र कांग्रेसबाट मैना बुढा उपाध्यक्षको उम्मेदवार छन् ।

📤 Share this story:
sgadmin

sgadmin

Staff Reporter

← अगिल्लो समाचार
सत्तारुढ गठबन्धनको निर्णय बागी उम्मेदवारी फिर्ता गराउने
पछिल्लो समाचार →
भारतबाट आएन पर्याप्त बिजुली, उद्योगमा विद्युत् कटौती हुनसक्ने

Leave a Comment

Your email address will not be published. Required fields are marked *