मकवानपुर । मकवानपुरको बकैया गाउँ पालिकाको प्रमुख पदमा नेकपा माओवादी केन्द्रको तर्फबाट माझी समुदायकी नेतृ लक्ष्मी माझी कृपा उमेदवार बनेका छन् ।
माओवादी जनयुद्धको आधारइलाकाको रूपमा परिचित बकैया गाउँपालिकामा गठबन्धनमा काँग्रेसले सहमति गर्न नमानेपछि माओवादी केन्द्रले सबै पदमा एकल उमेदवारी दिएको हो । पालिकाको उपाध्यक्षमा भक्त खत्रीले उमेदवारी दिएका छन् । खत्री यस अघिको स्थानीय तहको निर्वाचनमा सोहि पालिकामा अध्यक्षको उमेदवार रहेका थिए ।
माझी समुदायको प्रतिनिधित्व गर्दै पालिका प्रमुखमा उम्मेदवारी दिने लक्ष्मी नेपालकै पहिलो माझी महिला उम्मेदवार हुन् । ‘मैले बुझ्दा पालिकाहरुमा केहि माझी महिलालाई उपप्रमुखमा उठाइएको छ, एकरदुई वडामा प्रमुख पद दिइएको छ, तर गाउँपालिकाको प्रमुख पदमा भने मेरै नाम अगाडि आएकोले सम्भवत् पहिलो माझी महिला प्रमुख उम्मेदवार म नै हो भन्ने बुझ्छु’, लक्षमीले भने ।
माओवादी जनयुद्धको समयदेखि लगातार माओवादी अभियानमा आवद्व माझी स्पष्ट वक्ता र विद्रोही स्वभावका छन् । महिला अधिकार र आदिवासी जनजातिको पक्षमा दृढतापुर्वक लडिरहने उनले विपन्न तथा सिमान्तकृत सुत्केरी महिलालाई पोषण भत्ता प्रदान गर्ने, महिला प्रजनन स्वास्थ्य उपचारमा सहयोग पुर्याउने, तथा दलित, जनजाति, सिमान्तकृत एवं विपन्न वर्गका लागि प्राविधिक साथै उच्च शिक्षाको लागि निब्र्याजी ऋण अनुदान प्रदान गर्ने आफ्नो मुख्य चुनाबी एजेण्डा रहेको उनले बताए ।
यसैगरी, भुमिहिन दलित भुमिहिन सुकुम्बासीलाई लालपुर्जा वितरण, भौतिक आर्थिक विकाससङ्गै मानवीय विकासमा जोड दिने उनले बताए । विपन्न सिमान्तकृत दलित र विपन्न महिला तथा बेरोजगार युवाहरुको लागी स्थानीय श्रोत साधनको पहिचान व्यावसायिक तालिम साथै औद्योगिकिकरण लागि नितिगत रुपमै जोड उनको प्रतिवद्धता रहेको छ ।
त्यसैगरी गाँउ र शहरबीच सन्तुलित विकास गर्ने, कृषिको आधुनिकीकरण, सहकारी प्रवर्द्धन गरी स्वरोजगार सिर्जना गर्ने, विपन्न कृषकलाई प्रोत्साहन कार्यक्रम ल्याउने, महिला दलित जनजाति लक्षित विशेष बजेट बनाउनुका साथै सांस्कृतिक प्रवर्द्धन तथा संरक्षणमा विशेष भूमिका रहने उनको प्रतिवद्धता रहेको छ ।
को हुन् त लक्ष्मी माझी
वि.सं. २०३९ साल पुष १ गते मकवानपुर जिल्लाको बकैया गाउँपालिका अधेरीमा निम्न किसान परिवारमा जन्मेका लक्ष्मी सानैदेखि विद्रोही स्वभावकी थिइन् । २०५८ सालमा नेकपा माओवादी, पार्टी सेल कमिटी हुँदै २०६० सालदेखी पुणर्कालिन भै भूमिगत जीवन समेत व्यतित गरे ।
तत्कालीन पार्टीको आवश्यकताअनुसार पार्टी सेल एरिया कमिटी हुदैं २०६१ सालमा बारा जिल्ला सदस्य, सोही साल अखिल नेपाल महिला संघ क्रान्तिकारी बारा जिल्ला अध्यक्ष, अखिल नेपाल महिला संघ क्रान्तिकारीको रौतहट जिल्ला अध्यक्ष हुँदै मकवानपुर जिल्ला अध्यक्ष र जनमुक्ति सेनाको सेक्सन कमान्डर हुँदै प्लाटुन कमान्डरसम्मको भुमिका निर्वाह गरेका छन् । हाल उनी माझी राष्ट्रिय मुक्ति मोर्चाका केन्द्रिय सचिवालय सदस्य, नेकपा माओवादी केन्द्रको प्रदेश कमिटी सदस्य र अखिल नेपाल महिला संघ क्रान्तिकारीकी केन्द्रिय सचिवालय सदस्यको भूमिकामा छन् ।
चुनाब जित्नेमा विश्वस्त पालिका अध्यक्षका उम्मेदवार लक्ष्मीले आफ्नो चुनाबी एजेण्डाकै कारण चुनाब जित्नेमा पूर्णत विश्वस्त रहेको बताए । उनी माओवादीले व्यवस्था बदलेको र अव अवस्था बदल्न पनि यो चुनाब जित्नैपर्ने बताउँछन् । उनी भन्छन्– गणतन्त्र, संघीयता र विकेन्द्रीकरणको सिद्धान्त अनुसार सिंहदरबारको अधिकार गाउँ–गाउँमा भन्ने हाम्रो पार्टीको एजेन्डालाई जनजिविकासँग जोडेर जनताले महसुस गर्ने गरि संस्थागत विकाससँग जोड्न पनि माओवादीले जित्छ, जनताले जिताउँछ भन्ने आत्मविश्वास छु ।’

Leave a Comment