Latest News
Kathmandu

देशका विभिन्न ठाउँमा अबको ३ दिन वर्षा हुने

देशका विभिन्न ठाउँमा अबको ३ दिन वर्षा हुने

काठमाडौं । जल तथा मौसम विज्ञान विभागले देशका पहाडी क्षेत्रमा मेघ गर्जन र चट्याङ्सहित वर्षा हुने भएकाले सतर्कता अपनाउन आग्रह गरेको छ ।

विभागले आगामी ३ दिनको मौसमको पूर्वानुमान गर्दै आइतबार रातिसम्म नै देशका विभिन्न ठाउँमा मध्यमदेखि हल्का वर्षा हुने जनाएको छ ।

प्रदेश १, मधेश, बागमती र गण्डकी प्रदेशका केही स्थानमा र बाँकी प्रदेशका पहाडी भूभागमा अबको २४ घन्टामा वर्षा हुने विभागले जनाएको छ ।

अहिले देशका पहाडी भूभागमा स्थानीय वायु र पश्चिमी वायुको प्रभाव रहेकोले आंशिकदेखि सामान्य बदली भएको विभागले स्पष्ट पारेको छ ।

हेर्नुहोस् विभागको सूचना :

📤 Share this story:
sgadmin

sgadmin

Staff Reporter

← अगिल्लो समाचार
ट्राफिक प्रहरीको शुल्क तथा जरिवाना कुमारी बैंक लि.को क्युआर कोडबाट भुक्तानी प्रणाली सुचारु
पछिल्लो समाचार →
बन्दुक देखाएर गरगहना लुटपाट

Leave a Comment

Your email address will not be published. Required fields are marked *