Latest News
Kathmandu

बाघको आक्रमणबाट एक जनाको मृत्यु

बाघको आक्रमणबाट एक जनाको मृत्यु

चितवन । चितवनको खैरहनीमा बाघको आक्रमणबाट एक पुरुषको मृत्यु भएको छ । कुमरोज सामुदायिक वनमा आज विहान ८ बजे घाँस काट्न गएका खैरहनी नगरपालिका–१३ बैरियाका ६५ वर्षीय नारायण दाहालको बाघको आक्रमणबाट मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

बाघले आक्रमण गरेको सूचना आएलगत्तै प्रहरी चौकी कुमरोज, इलाका प्रहरी कार्यालय खैरहनी, राष्ट्रिय निकुञ्ज तथा नेपाली सेनासमेतको टोलीले हात्तीसहित दाहालको खोजी गर्दा आक्रमण गरेको स्थलभन्दा एक किलोमिटर टाढा उनको शव भेटिएको थियो ।घाँटीमा चोट लागेको र दाहिने खुट्टाको तिघ्राको भाग खाएको अवस्थामा दाहालको शव भेटिएको थियो । दाहालको शवलाई मुचुल्का उठाएर भरतपुर अस्पताल ल्याउने तयारी भैरहेको प्रहरीले जानकारी दिएका थिए ।

यसअघि यही वैशाख १६ गते चितवनमै बाघको आक्रमणबाट एकजना माहुतेको पनि मृत्यु भएको थियो । १६ गते करिब साढे ५ बजे चितवनको भरतपुर महानगरपालिका–२३ स्थित चितवन राष्ट्रिय निकुञ्ज अन्तर्गत कसरा हात्तीसार केन्द्रमा कार्यरत कर्मचारी ९माहुते० बाराको कोल्बी नगरपालिका–१ घर भएका करिब २२ वर्षीय रमेश चौधरी थारुको बाघको आक्रमणबाट मृत्यु भएको थियो।

📤 Share this story:
sgadmin

sgadmin

Staff Reporter

← अगिल्लो समाचार
सत्ता गठबन्धनको निर्देशन : गठबन्धन नभएका स्थानमा पनि मिलेर चुनाव लड्न
पछिल्लो समाचार →
निर्वाचित भए भ्रष्टाचार गर्ने कर्मचारीलाई तुरुन्तै निष्कासन गर्छु : केशव स्थापित

Leave a Comment

Your email address will not be published. Required fields are marked *