गुल्मी । नेकपा एकीकृत समाजवादी केन्द्रीय सचिव रामकुमारी झाँक्रीले गुल्मीको विकासमा केही गर्न खोजेको बताएकी छन् ।
बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा साझा गठबन्धनका उम्मेदवारको चुनावी प्रचारका लागि मुसिकोट नगरपालिकामा आयोजित चुनावी कार्यक्रममा बोल्दै नेतृ झाँक्रीले गुल्मीको यस्तो बताएकी हुन् ।
‘म गुल्मीको विकास निर्माणमा नयाँ ढंगले अगाडि बढेको छु’ संघीय सांसद तथा मन्त्रीसमेत रहेकी झाँक्रीले भनिन्– ‘यहाँको विकासका लागि गुल्मेली आमावुवा दाजुभाइ दिदीबहिनीको सहयोग आवश्यक छ ।’
गुल्मीको आपचौर कफिको उदगमस्थल भएकाले यहाँ कफि बगैँचा निर्माण गरेर वर्षमा लाखौँ भित्र्याउन सके मुसिकोट नगरपालिकासँगै गुल्मीकै मुहार फेरिने उनको भनाइ छ ।

Leave a Comment