Latest News
Kathmandu

आज भरतपुरमा सत्ता गठबन्धनले संयुक्त सभा गर्दै

आज भरतपुरमा सत्ता गठबन्धनले संयुक्त सभा गर्दै

काठमाडौं । सत्तारुढ पाँच दलीय गठबन्धनले आज चितवनको भरतपुर महानगरपालिकामा संयुक्त चुनावी सभा गर्ने भएका छन् ।

आमसभालाई सत्ता गठबन्धनमा आबद्ध दलका शीर्ष नेताहरुले सम्बोधन गर्ने जनाइएको छ । भरतपुरको हाकिम चोकस्थित बसपार्कमा हुन लागेको सभालाई सम्बोधन गर्न शीर्ष नेताहरु अघिल्लो दिन नै चितवन पुगिसकेका छन् ।

सभालाई प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एकीकृत समाजवादी का अध्यक्ष माधवकुमार नेपाल, कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री गगन थापालगायतका नेताहरुले सम्बोधन गर्ने नेकपा माओवादी केन्द्र का चितवन जिल्ला संयोजक रामचन्द्र अधिकारीले बताए ।

उक्त सभालाई जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाका नेताहरुले समेत सम्बोधन गर्ने बताइएको छ ।

 

📤 Share this story:
sgadmin

sgadmin

Staff Reporter

← अगिल्लो समाचार
रोल्पामा झडप, कांग्रेस उम्मेदवार डाँगी घाइते
पछिल्लो समाचार →
राजविराजमा गृहमन्त्री खाँण

Leave a Comment

Your email address will not be published. Required fields are marked *