Latest News
Kathmandu

मोरङमा राप्रपा मेयर उम्मेदवारको गाडीमा आगजनी

मोरङमा राप्रपा मेयर उम्मेदवारको गाडीमा आगजनी

विराटनगर । मोरङको बेलबारीमा एक जना मेयर उम्मेदवारको गाडीमा आगजनी भएको छ ।

बेलबारी नगरपालिकामा राप्रपाबाट मेयरको उम्मेदवार बनेका खेमप्रसाद गौतमको बा १२ च ९३८४ नम्बरको कारमा आगजनी भएको हो । प्रहरीका अनुसार बेलबारी–२ स्थित घरमै पार्किङ गरेर राखेको अवस्थामा शुक्रबार बिहानपख करिब २ बजे आगजनी भएको हो ।

आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि मेयरमा उम्मेदवारी दिएका गौतमले पार्टीको झण्डा तथा मेयर र उपमेयरका उम्मेदवारको फोटोसहितको ब्यानर राखेर उक्त कार प्रयोग गर्दै आएका थिए ।

📤 Share this story:
sgadmin

sgadmin

Staff Reporter

← अगिल्लो समाचार
पुँजी बजारको विकासमा प्रभाव, ब्रोकर कम्पनीहरु थप गर्नुपर्छ : अध्यक्ष शेखर गोल्छा
पछिल्लो समाचार →
सुन तोलाको ६ सयले सस्तो भयो

Leave a Comment

Your email address will not be published. Required fields are marked *