काठमाडौं । स्थानीय तह निर्वाचनको मिति नजिकिँदै गर्दा निवार्चन आचारसंहिता उल्लंघन पनि बढ्दै गएको छ । यसरी आचारसंहिता उल्लंघन गर्ने दलका नेता तथा कार्यकर्तालाई निर्वाचन आयोगले स्पष्टीकरण सोध्ने गरेको छ ।
आयोगले हालसम्म निर्वाचन आचारसहिता उल्लंघन तथा मतदातालाई प्रभावित गर्न खोज्ने मुख्यमन्त्रीदेखि उम्मेदवारसम्मलाई स्पष्टीकरण सोधिसकेको छ ।
आयोगका अनुसार हालसम्म ३७ जनालाई २४ घन्टे स्पष्टीकरण सोधिकसकेको छ । स्पष्टीकरण सोधिनेमा सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्ट, निर्वाचन पर्यवेक्षण समिति, नेपालका अध्यक्ष प्रदीप पोखरेल, एमाले काठमाडौंका प्रमुख उम्मेदवार केशव स्थापित, बागमती प्रदेशको सामाजिक विकासमन्त्री कुमारी मोक्तानलगायतका रहेका छन् । उनीहरुले निर्वाचन आचारसंहिता विपरित कार्य तथा अभिव्यक्ति दिएकाले स्पष्टिकरणल सोधिएको आयोगले जनाएको छ ।

Leave a Comment