Latest News
Kathmandu

यो निर्वाचन अग्रमन र प्रतिगमनको लडाइँ  : प्रचण्ड

यो निर्वाचन अग्रमन र प्रतिगमनको लडाइँ  : प्रचण्ड

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले यस पटकको स्थानीय तहको निर्वाचन ‘अग्रगमन र प्रतिगमन’को लडाइँ भएको बताएका छन् ।

सोमबार एक अपिल जारी गर्दै अध्यक्ष प्रचण्डले जनताले संघीयता महसुस गर्न नपाएको भन्दै सामाजिक न्यायसहितको समृद्धि हासिल गर्ने चुनौती रहेको पनि बताएका छन् । ‘यतिखेर संघीयता र समावेशी समानुपातिक प्रतिनिधित्व विरोधी तथा उत्पीडित, उपेक्षित जनता अधिकार सम्पन्न भएको नरुचाउने प्रतिगामी तत्वहरुले संविधान र ऐतिहासिक उपलब्धिविरुद्ध ठूलो षड्यन्त्र गरिरहेका छन्’ अपिलमा भनिएको छ, ‘त्यसैले हामीले निर्वाचनलाई संविधान र संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षाका लागि अग्रगमन र प्रतिगमनको लडाइँको रुपमा लिएका छौं।’

यस्तै अध्यक्ष प्रचण्डले स्थानीय निर्वाचन सिंहदरबार केन्द्रीत अधिकार जनताको घरदैलोमा स्थापित गराउन कोशेढुंगा बनोस् भन्ने कामना गरेका छन् । ‘हामीले साँचो अर्थमा खोजेको संघीयता, समावेशी समानुपातिक प्रतिनिधित्व र सामाजिक न्याय अझै पनि जनताले अनुभूति गर्न सकेका छैन्’ अपिलमा प्रचण्डले उल्लेख गरेका छन्, ‘त्यसैले स्थानीय तहलाई अधिकार सम्पन्न तुल्याउँदै स्थानीय विशेषतामा आधारित विकास, शिक्षा,स्वास्थ्य, रोजगारीको सुनिश्चितता मार्फत सामाजिक न्यायसहितको समृद्धि हासिल गर्ने चुनौती हाम्रो सामु छ ।’
यस्तै कृषिमा अनुदानमार्फत् उत्पादन, किसान पेन्सन, औद्योगिकरण तथा ग्रामिण आत्मनिर्भर अर्थतन्त्रबाट रोजगारी जस्ता कुराको प्रत्याभूति नभइ साँचो अर्थमा लोकतन्त्रको अनुभूति जनताले गर्न नसक्ने प्रचण्डको भनाई छ ।

📤 Share this story:
sgadmin

sgadmin

Staff Reporter

← अगिल्लो समाचार
हिमचितुवा अविरल घिमिरेद्धारा बक्सिङमा विश्व रेकर्ड
पछिल्लो समाचार →
निर्वाचनका दिन सवारी अनुमति पत्र बोकेका गाडीहरु मात्र गुड्न पाउने, पत्रकारलाई कोटा

Leave a Comment

Your email address will not be published. Required fields are marked *