Latest News
Kathmandu

प्रतिनिधिसभा बैठक दिउँसो बस्ने (कार्यसूचीसहित)

प्रतिनिधिसभा बैठक दिउँसो बस्ने (कार्यसूचीसहित)

काठमाडौँ । संघीय संसदको तल्लो सदनको बैठक आज (बिहीबार) बस्दैछ। प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे संसद् भवन नयाँबानेश्वरमा बस्नेछ ।

प्रधानमन्त्री शेरबहादुर देउवाले आजको बैठकमा राष्ट्रिय मानव अधिकार आयोगको वार्षिक प्रतिवेदन पेस गर्नेछन् । यस्तै प्रधानमन्त्री देउवाले नै राष्ट्रिय सभामा उत्पत्ति भएको नीति अनुष्ठान प्रतिष्ठान विधेयक, २०७६ र लोकसेवा आयोग विधेयक, २०७५ माथि राष्ट्रिय सभाबाट भएको संशोधन प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ ।

वन तथा वातावरणमन्त्री रामसहाय प्रसाद यादवले ‘ग्लोबल ग्रिन ग्रोथ इस्टिच्युटको सहभागितामूलक सदस्यका रुपमा सदस्यता प्राप्त गर्न स्वीकृति प्रदान गर्ने सम्बन्धी सम्झौता पेस गर्ने सम्भावित कार्यसूची संसद सचिवालयले सार्वजनिक गरेको छ ।

📤 Share this story:
sgadmin

sgadmin

Staff Reporter

← अगिल्लो समाचार
नागरिकता विधेयक अघि बढाउने गठबन्धनको निर्णय
पछिल्लो समाचार →
चितवनका ५० हजार परिवार बाढीको जोखिममा

Leave a Comment

Your email address will not be published. Required fields are marked *