Latest News
Kathmandu

अमेरिकाद्वारा युक्रेनलाई थप हतियार सहयोग

अमेरिकाद्वारा युक्रेनलाई थप हतियार सहयोग

काठमाडौं । अमेरिकाले रसियासँग लडिरहेका युक्रेनी सेनाका लागि थप हतियार उपलब्ध गराएको छ । ती हतियारमा रकेट लन्चरहरू र आर्टिलरी बन्दुकहरूका लागि गोला बारुद समावेश छ ।

५५० मिलियन डलरको नयाँ प्याकेजमा एचाईएमएआरएस भनेर चिनिने उच्च गतिशीलता भएको उन्नत रकेट प्रणालीका लागि थप गोला बारूद छन् । त्यस्तै, तोपखानाका लागि गोला बारु सहयोग पनि प्याकेजमा उल्लेख गरिएको राष्ट्रिय सुरक्षा परिषद्का प्रवक्ता जोन किर्बीले जानकारीलाई दिए ।

सहयोगमा १५५ एमएम आर्टिलरी गोलाबारुदका ७५ हजार राउन्डहरू पनि समावेश छन् । २४ फेब्रुअरीमा रुसले हमला गरेपछि अमेरिकाले किभलाई बारम्बार हतियार सहयोग प्रदान गर्दै आएको छ । यसैबीच, रुसी सेनाको कब्जामा रहेको खेर्सनलाई फर्काउन युक्रेनी सेनाले विभिन्न रणनीति अपनाएको छ ।

📤 Share this story:
sgadmin

sgadmin

Staff Reporter

← अगिल्लो समाचार
महंगी र भ्रष्टाचारविरुद्ध राजधानीमा एमालेको प्रदर्शन
पछिल्लो समाचार →
दिनेशको सुसाइड नोट: श्रीमतीले मोबाइल हेर्न दिन्नथी, माइतीले फसाएर सम्पत्ति कब्जा गर्न खोजे !

Leave a Comment

Your email address will not be published. Required fields are marked *