Latest News
Kathmandu

भाइरल ज्वरो बढेपछि राप्तीका विद्यालय १ हप्ता बन्द

भाइरल ज्वरो बढेपछि राप्तीका विद्यालय १ हप्ता बन्द

काठमाडौं । राप्ती गाउँपालिकाले विद्यार्थीहरूमा भाइरल ज्वरो बढ्न थालेको भन्दै सात दिन विद्यालय बन्द गरेको छ ।

गाउँपालिकाभित्रका विद्यालयहरुमा भाइरल ज्वरोको संक्रमण बढेको भन्दै मंगलबारको कार्यपालिकाको बैठकले साउन १८ देखि २४ गतेसम्म विद्यालयहरू बन्द गर्ने निर्णय गरेको हो ।

विद्यालयमा भाइरल ज्वरोको संक्रमण बढ्ने जोखिम भएपछि हिउँदे र वर्षे बिदाबाट कट्टी हुने गरी सबै विद्यालयहरु बन्द गर्ने निर्णय गरेको शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख विश्वास बिकले बताए ।

गाउँपालिकाले सूचना जारी गर्दै विद्यालय बन्द गर्ने निर्णय कार्यान्वयनका लागि सबै विद्यालयलाई आग्रह गरेको छ ।

📤 Share this story:
sgadmin

sgadmin

Staff Reporter

← अगिल्लो समाचार
अभियान लघुवित्तको आईपीओ खुल्यो
पछिल्लो समाचार →
पर्यटन मन्त्रालयका उपसचिव ६ लाख घुससहित रंगेहात पक्राउ

Leave a Comment

Your email address will not be published. Required fields are marked *