Latest News
Kathmandu

प्रहरीका लागि ७५१ गाडी खरिद गर्न प्रस्ताव

प्रहरीका लागि ७५१ गाडी खरिद गर्न प्रस्ताव

काठमाडौं । नेपाल प्रहरीले आसन्न प्रदेश तथा प्रतिनिधि सभा निर्वाचनका लागि ७५१ वटा हलुका तथा ठूला सवारीसाधन खरिद गर्न प्रस्ताव गरेको छ । निर्वाचन सुरक्षाका लागि सवारीसाधन पर्याप्त नभएको भन्दै प्रहरीले गाडी खरिदको प्रस्ताव गरेको हो ।

गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलका अनुसार प्रहरीको प्रस्ताव अनुसार अर्थ मन्त्रालयमा बजेट स्वीकृतिका लागि फाइल पठाइएको छ ।

यसअघि ३० वैशाखमा भएको स्थानीय तह निर्वाचनका बेला पनि प्रहरीले सवारीसाधन खरिदका लागि बजेट मागेको थियो । तर सरकारले नयाँ खरिद गर्न बजेट दिएन । बरु भाडामा सवारीसाधन ल्याउनका लागि बजेट छुट्टयाएको थियो ।

प्रहरी प्रधान कार्यालयले गृह मन्त्रालयमा बुझाएको विवरण अनुसार अहिले प्रहरीलाई १ हजार ५९८ मोटरसाइकलपनि अभाव छ । सानो सवारीसाधन मात्रै १३ सय ८४ अपुग थियो । ७५३ स्थानीय तहमा जम्मा गरी प्रहरीसँग १५ सय २९ सानो र १५४ ठूलो सवारीसाधन छ ।

📤 Share this story:
sgadmin

sgadmin

Staff Reporter

← अगिल्लो समाचार
स्मार्ट फोन मोह : ११ महिनामा ३९ अर्बको मोबाइल आयात
पछिल्लो समाचार →
बजेट घोषणाअनुसार नै कर्मचारीको तलब बढ्छ : अर्थमन्त्री

Leave a Comment

Your email address will not be published. Required fields are marked *