काठमाडौं । प्रधान सेनापति महारथी प्रभुराम शर्माले उपरथी दर्जामा पदोन्नति भएका सहायक रथी सागर बहादुर थापा र मानार्थ उपरथी निरज पौडेललाई दज्र्यानी चिन्ह प्रदान गरेका छन् ।
शर्माले नेपाल सरकार मन्त्रिपरिषद्को श्रावण १९ गतेको निर्णय अनुसार उनीहरुलाई सोमबार जंगी अड्डामा एक कार्यक्रमबीच उपरथी दर्जाको दर्ज्यानी चिन्ह प्रदान गरेका हुन् ।पदोन्नती भएका उपरथी सागर बहादुर थापा कार्यरथी विभागको विभागीय प्रमुखमा नियुक्ति भएका छन् । सोही अवसरमा, प्रधान सेनापति महारथी शर्माले सहायक रथी दर्जामा पदोन्नती भएका ३ (तीन) जना महा सेनानीहरु र महा सेनानी दर्जामा पदोन्नती भएका ५ (पाँच) जना प्रमुख सेनानीहरुलाई पदोन्नती दर्जाको दर्ज्यानी चिन्ह प्रदान गरेका थिए ।
पदोन्नती भएका उपरथी सागर बहादुर थापा कार्यरथी विभागको विभागीय प्रमुखमा नियुक्ति भएका छन् । सोही अवसरमा, प्रधान सेनापति महारथी शर्माले सहायक रथी दर्जामा पदोन्नती भएका ३ (तीन) जना महा सेनानीहरु र महा सेनानी दर्जामा पदोन्नती भएका ५ (पाँच) जना प्रमुख सेनानीहरुलाई पदोन्नती दर्जाको दर्ज्यानी चिन्ह प्रदान गरेका थिए ।

Leave a Comment