Latest News
Kathmandu

चुनाव झापाबाटै लड्छु, काठमाडौं ५ मा प्रचार गर्न पुग्छु : विश्वप्रकाश शर्मा

चुनाव झापाबाटै लड्छु, काठमाडौं ५ मा प्रचार गर्न पुग्छु : विश्वप्रकाश शर्मा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले आफू झापाबाटै चुनाव लड्ने प्रस्टोक्ति दिएका छन् । आज ट्वीटरमार्फत् उनले काठमाडौं-५ मा निर्वाचनको प्रचारमा पुग्ने तर चुनावमा झापाबाटै लड्ने बताएका हुन् ।

‘फेरि प्रस्ट्याउँ-वाग्मतीको किनारलाई श्रद्धापूर्वक ढोग्ने हो । तर, मान्छे म मेची र निन्दा किनारकै हो !,’ उनले लेखेका छन्,‘काठमाडौं ५ मा चुनाव प्रचारमा पुग्ने छु नै । तर, उम्मेदवार बन्न चाहँदा गठबन्धनका अर्का मित्रलाई सम्मानसाथ साथमा लिएर, झापामै उम्मेदवार बन्नेछु ।’ उनले ‘प्रेम उता घरजम यता कुरै हुन्न’ भनी लेखेका छन् ।

विश्वप्रकाशले काठमाडौं-५ बाट चुनाव लड्ने मनसायसहितको चर्चा केही दिनदेखि चलेको थियो । उक्त चर्चालाई उनले ट्वीटमार्फत खारेज गरेका छन् । यसअघि ०७० र ७४ मा झापा-१ बाट लडेका शर्मा दुवैपटक पराजित भएका थिए ।

📤 Share this story:
sgadmin

sgadmin

Staff Reporter

← अगिल्लो समाचार
निर्वाचन आयोगमा ८४ दल दर्ता, आजबाट जाँचबुझ हुने
पछिल्लो समाचार →
आज ओल्के पर्व, सुदूरपश्चिममा सार्वजनिक बिदा

Leave a Comment

Your email address will not be published. Required fields are marked *