युनिकोड    राशिफल    एफएम रेडियाे    छाँपा प्रकाशन                     

काठमाडौं । काठमाडौं उपत्यकाको फोहोरको गाडी प्रहरीले स्कर्टिङ गरेर बन्चरेडाँडामा लैजाने क्रममा झडप भएको छ । फोहोरको गाडी बञ्चरेडाँडामा बुभबार पुगेसँगै स्थानीय र प्रहरीबीच झडप भएको हो ।

यस्तै प्रहरीले स्थानीय दिपेश कार्कीलाई पक्राउ गरेको छ । प्रहरीले बल प्रयोग गरेर जबरजस्ती फोहोर बन्चरेडाँडामा खसाल्न थालेपछि स्थानीयले विरोध गरेको धुनवेशी नगरपालिका-१ का वडाध्यक्ष मानबहादुर तामाङले बताए । सो क्रममा प्रहरीले झडप भएको उनले बताए ।प्रहरीले दमन गर्न खोजेपछि स्थानीयबासीहरुले डाँडामा चढेर डुँगा हान्न थालेका छन् । फोहोरको गाडीको लागि सुरक्षाका लागि बन्चरेडाँडामा २५० भन्दा बढी प्रहरी परिचालन गरिएको काठमाडौं प्रहरी परिसरले जनाएको छ ।

प्रहरीले (हिजो) मंगलबार बल प्रयोग गरेर १८६ गाडी फोहोर फालेको थियो । स्थानीयको अवरोध हटाउनलाई प्रहरीले रबर गोली समेत प्रहार गरेको थियो । सो क्रममा एक जना घाइते पनि भएका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर