युनिकोड    राशिफल    एफएम रेडियाे    छाँपा प्रकाशन                     

काठमाडौं । भारतीय सेना प्रमुख मनोज पाण्डे काठमाडौं आइपुगेका छन्। प्रधान सेनापति प्रभुराम शर्माको निमन्त्रणामा पाण्डे आइतबार अपरान्ह नेपाल भ्रमण आएका हुन् । ११ सदस्यीय टोलीको नेतृत्व गर्दै काठमाडौं आइपुगेका उनलाई नेपाली सेनाका रथी बालकृष्ण कार्कीले त्रिभुवन विमानस्थलमा स्वागत गरे ।

नेपाल भ्रमणका क्रममा पाण्डेले प्रधान सेनापति शर्मासँग द्वीपक्षीय वार्ता गर्ने , राष्ट्रपति विद्यादेवी भण्डारीबाट नेपाली सेनाको मानार्थ महारथीको पदवी लिने कार्यक्रम छ । नेपाल र भारत दुबै मुलुकले एक-अर्काका सेना प्रमुखलाई मानार्थ महारथी सम्मान दिँदै आएका छन् ।

नेपाल भ्रमणका क्रममा पाण्डेले प्रधानमन्त्री शेरबहादुर देउवासँग पनि शिष्टाचार भेट गर्ने कार्यक्रम छ । उनी गत वैशाखमा भारतीय सेना प्रमुख नियुक्त भएका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर