Latest News
Kathmandu

राष्ट्रपतिलाई प्रचण्डको चेतावनी : नागरिकता विधेयक प्रमाणीकरण नगरे अदालत जान्छौं

 

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रपति विद्यादेवी भण्डारीले यस पटक पनि नागरिकता विधेयक प्रमाणीकरण गर्न आलटाल गरेमा अदालतमा जाने चेतावनी दिएका छन् । उनले भने- ‘दुवै सदनबाट पारित भएर राष्ट्रपतिकहाँ प्रमाणीकरणका लागि नागरिकता विधेयक गइसकेको छ, उहाँले पारित गर्नुपर्ने हुन्छ, तर एक पटक फिर्ता गरेपछि राष्ट्रपतिले अब अर्को पटक फिर्ता गर्ने अधिकार छैन ।’

सोमबार जनकपुरधाममा मधेस प्रदेशमा रहेका माओवादीका केन्द्रीय सदस्यहरुको बैठकमा अध्यक्ष प्रचण्डले नागरिकता विधेयक यस पटक राष्ट्रपतिले प्रमाणीकरण गर्नैपर्ने बताएका हुन् । संविधानतः राष्ट्रपतिलाई एक पटकमात्र विधेयक फिर्ता गर्ने अधिकार रहेकाले अब प्रमाणीकरण हुनेमा ढुक्क रहेको उनले बताए ।

यस्तै, अध्यक्ष प्रचण्डले मुलुक निर्वाचनको तयारीमा रहेको भन्दै अहिले गठबन्धनले प्रतिनिधिसभातर्फ सिट संख्या टुङ्ग्याइसकेको बताए । मधेस प्रदेशमा आफ्नो पार्टीले ९ वटा प्रतिनिधिसभा सिटमा दाबी गर्ने उनले बताए ।

📤 Share this story:
sgadmin

sgadmin

Staff Reporter

← अगिल्लो समाचार
सर्लाहीमा जुवा खेलिरहेका १२ जना पक्राउ
पछिल्लो समाचार →
लुम्बिनी सरकार : कुन-कुन योजना भए सम्पन्न, कुन-कुन योजना परे अलपत्र

Leave a Comment

Your email address will not be published. Required fields are marked *