युनिकोड    राशिफल    एफएम रेडियाे    छाँपा प्रकाशन                     

काठमाडौं । एक नाबालिग किशोरीलाई बलात्कार गरेको आरोप लागेका राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछाने र पीडित किशोरी काठमाडौंको होटलमा करिब सात घन्टा बसेको खुलेको छ ।

प्रहरीका अनुसार भदौ ५ गते राती सन्दीप र ती किशोरी राति ११:५५ मा होटल पसेको देखिएको हो । मंगलबार प्रहरी वृत्त गौशालामा जाहेरी परेसँगै प्रहरीले प्रमाणहरू संकलन गरिरहेको छ ।

प्रमाणस्वरूप प्रहरीले काठमाडौं-९ सिनामंगलस्थित उनीहरू बसेको होटलको सिसिटिभी फुटेज पनि संकलन गरेको हो । प्रहरीले उनीहरू कोठा नम्बर ३०५ मा बसेको जनाएको छ ।

स्रोतका अनुसार सन्दीपले सेतो क्याप, सेतो जुत्ता, निलो रंगको टिसर्ट लगाएको पनि फुटेजमा देखिएको छ । किशोरीले सेतो ज्याकेट, पहेँलो टिसर्ट र कालो जिन्स लगाएकी थिइन् ।

त्यहाँ करिब सात घन्टा बसेर भदौ ६ गते फर्किएको देखिएको छ । बिहान ६ बजेर ४६ मिनेटमा उनीहरू सँगै होटलबाट फर्किएको फुटेजमा देखिन्छ ।

सन्दीपले आफूमाथि मध्यराती साढे १२ बजे पटक-पटक बलात्कार गरेको प्रहरीसँग भनेकी छन् । जाहेरी दिएपछि प्रहरीले मंगलबार नै किशोरीको स्वास्थ्य परीक्षणसमेत गराएको छ ।

बुधबार नै प्रमाणहरू संकलन गरी लामिछानेविरूद्ध काठमाडौं जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी गर्ने प्रहरीको तयारी छ । घटना हुनुअघि सन्दीप र किशोरी भक्तपुरको नगरकोट पनि गएको जाहेरीमा उल्लेख गरेकी छन् । त्यहाँको पनि सिसिटिभी फुटेज संकलन गर्न प्रहरी खटिएको छ ।

घटनाको अनुसन्धान प्रहरी वृत्त गौशाला र परिसरले गरिरहेको छ । सन्दीप अहिले क्यारेबियन मुलुक सेन्ट लुसियामा छन् । क्यारेबियान प्रिमियर लिग (सिपिएल) खेल्न गएका उनी कहिले नेपाल फर्किन्छन् टुंगो छैन ।

उनी आबद्ध जमैका तलावाजले नेपाली समयअनुसार भोलि (बिहीबार) बिहान पौने ५ बजे सेन्ट लुसियासँग खेल्दैछ । सिपिएल आगामी अक्टोबर १ सम्म चल्नेछ । सन्दीप आबद्ध जमैकाको अन्तिम लिग खेल सेप्टेम्बर २५ मा छ ।

प्रतिक्रिया

सम्बन्धित खवर