Latest News
Kathmandu

देउवाले गरे एलिजाबेथको निधनप्रति दुःख व्यक्त

 

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले शनिबार बिहान काठमाडौंस्थित बेलायती दूतावासमा पुगेर बेलायती महारानी एलिजाबेथ द्धितीयको निधनप्रति दुःख व्यक्त गरेका छन् ।

उनको निधनप्रति विश्व नेताहरुले समवेदना व्यक्त गरेका छन् । विश्व राजनीतिमा ठूलो प्रभाव राखेको बेलायती राजपरिवारमा परेको शोकप्रति विश्वभरका नेताहरुले सहानूभूति व्यक्त गरेका हुन् ।

प्रधानमन्त्री देउवाले दूतावासमा राखिएको शोक पुस्तिकामा शोक सन्देश पनि लेखेका छन् । महारानी एलिजाबेथ द्धितीयको बिहीबार ९६ वर्षको उमेरमा निधन भएको थियो ।

 

📤 Share this story:
sgadmin

sgadmin

Staff Reporter

← अगिल्लो समाचार
नेपालको प्रधानमन्त्री विदेशीको योजनामा बनाइन्छ : राजेन्द्र लिङ्देन
पछिल्लो समाचार →
दार्चुलामा पहिरोमा पुरिएका ५ जनाको शव भेटियो

Leave a Comment

Your email address will not be published. Required fields are marked *