काठमाडौं । निलम्बनमा रहेका प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले सर्वोच्च अदालतको भवन ठेक्का प्रकरणमा तत्कालीन प्रधानमन्त्री केपी ओली र अर्थमन्त्री विष्णु पौडेलको नाम लिएका छन् ।
आइतबार महाभियोग सिफारिस समितिमा बयानका क्रममा जबराले ओली र पौडेलको सहयोगका कारण आफूले ठेक्का सदर गरेको जिकिर गरेका हुन् ।
जबराले सर्वोच्च अदालतको भवन निर्माणका क्रममा अधिकारबाहिर गएर भवन निर्माणसम्बन्धी ठेक्का सदर गरेका थिए । समितिको बयानपछि समिति सदस्य मीन विश्वकर्माले दिएको जानकारी अनुसार तत्कालीन प्रधानमन्त्री ओली र अर्थमन्त्री पौडेलको सहयोगले नै ठेक्का सदर गरेको जबराले बयानमा बताएका हुन्् ।
‘उहाँले आफूले त्यो ठेक्काको फाइल तानेर आफैँले सदर लेख्नुभएको छ । सदर गरेको प्रमाण आज उहाँ आफैँले पनि देखाउनुभयो’, शर्माले भनेका छन्— ‘त्यहाँ उहाँले के भन्नुभयो भने मलाई तत्कालीन प्रधानमन्त्री र अर्थमन्त्रीले सहयोग पनि गर्नुभएको छ । तत्कालीन अर्थमन्त्री यहीँ हुनुहुन्छ, उहाँले सहयोग गरेका कारण सफल भएको हुँ ।’

Leave a Comment