Latest News
Kathmandu

   मुख्यमन्त्री कार्कीद्वारा शुभकामना   

   मुख्यमन्त्री कार्कीद्वारा शुभकामना   

मुख्यमन्त्री कार्कीद्वारा शुभकामना
विराटनगर, ८ माघ (रासस) :
प्रदेश नं १ का मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सोनाम ल्होछार पर्वका अवसरमा देश तथा विदेशमा रहनुहुने सम्पूर्ण नेपाली आमा बुबा, दाजुभाइ तथा दिदीबहिनीमा शुभकामना दिनुभएको छ ।

मुख्यमन्त्री कार्कीले आज शुभकामना सन्देश जारी गर्दै तामाङ समुदायले प्रत्येक वर्ष माघ शुक्ल प्रतिपदाका दिन मनाउने यस पर्वले नेपालीबीच सद्भवा, भातृत्व र एकता मजबुत हुने उल्लेख गर्नुभयो । विभिन्न जातजाति र समुदायले आ–आफनो शैली तथा परम्पराअनुसार मनाउने विभिन्न पर्वले सामाजिक र सांस्कृतिकरुपमा नेपाललाई धनी बनाएको उहाँले बताउनुभयो । मुख्यमन्त्री कार्कीले यस अवसरमा सम्पूर्ण नेपालीको सुख, शान्ति, सुस्वास्थ्य एवं समृद्धिको शुभकामना व्यक्त गर्नुभएको छ ।
–––

📤 Share this story:
sgadmin

sgadmin

Staff Reporter

← अगिल्लो समाचार
जडीबुटी मिसाएर गेडागुडी खाँदा एक जनाको मृत्यु   
पछिल्लो समाचार →
भारतमा दुई नेपालीको अपहरणपछि हत्या  

Leave a Comment

Your email address will not be published. Required fields are marked *