Latest News
Kathmandu

आठ वर्षपछि लिफ्टिङ खानेपानी  

आठ वर्षपछि लिफ्टिङ खानेपानी  

Brownsville, TX July 27, 2008— Pallets of Water are stacked, ready to be loaded into cars at the Brownie Community Center. Immediately following a disaster, Points of Distribution (PODs) are set up by the state to provide food, water and ice to individuals. Photo by Patricia Brach/FEMA

चौबिसे गाउँपालिकाको बोधे गाउँवासीका लागि अब बर्खाको पानी जम्मा गनुपर्ने बाध्यता हट्ने भएको छ । यहाँका बासिन्दाका लागि लिफ्टिङ खानेपानी आयोजना निर्माण सुरु भएको आठ वर्षमा पूरा भएपछि सो गाउँका चार सय ११ घरधुरीलाई राहत पुग्ने भएको छ ।

पालिकाको वडा नं ५ का लागि २०७१ सालबाट सुरु भएको क्रमागत बोधे लिफ्टिङ खानेपानी आयोजना पूरा भएर परीक्षण वितरण सुरु गरिएको छ । सङ्घ तथा प्रदेश सरकारको दुई करोड ३० लाख २९ हजारको लागतमा जिल्ला खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय धनकुटाअन्तर्गत सञ्चालित आयोजनाको गएको साउनबाट परीक्षण सुरु गरिएको हो ।

खानेपानीको चरम अभाव भएको उक्त क्षेत्रमा बर्खामा सङ्कलित पानी सकिएपछि गाउँवासीले प्रतिलिटर रू दुईका दरले खानेपानी किनेर खाँदै आएका थिए । पानी किन्न नसक्नेहरुका लागि घण्टौँ लगाएर विभिन्न स्थानका धारा तथा कुवाबाट पानी ल्याएर खानुपर्ने बाध्यता थियो ।

खानेपानी आयोजना पूर्णरुपमा सञ्चालनमा आएपछि बोधेवासीले पानीको समस्याबाट मुक्ति पाउने भन्दै बोधे खानेपानी निर्माण व्यवस्थापन समितिका अध्यक्ष आधुनिक देवानले खुसी व्यक्त गर्नुभयो । “यो खानेपानी नहुँदा अधिकांश वडावासीले बर्खाको पानी थापेर खाँदै आएका थिए”, देवानले भन्नुभयो । “अब यो खानेपानीले गाउँवासीलाई काकाकुलको अवस्थाबाट मुक्ति दिनेछ ।”

खानेपानी लिफ्टिङ गर्ने मोटर बिग्रिएर अहिले आंशिक मात्र वितरण भइरहेको उहाँले जानकारी दिनुभयो । केही समयपछि समस्याको समाधान गरेर सबैका घरमा खानेपानीको सुविधा पु¥याइने देवानले जानकारी दिनुभएको छ ।

वडाको मौन खोलाबाट गढीगाउँसम्म डेढ किलोमिटर लिफ्टिङ गरिएको उक्त खानेपानी वितरण परीक्षण सफल भएको डिभिजन कार्यालय धनकुटा प्रमुख राजकुमार मण्डलले जानकारी दिनुभयो । अहिले देखिएको सामान्य प्राविधिक समस्याको समाधानसँगै बाँकी भएका धारा वितरणका कामहरु सकिएपछि खानेपानी चाँडै सञ्चालनमा आउने उहाँले जानकारी दिनुभयो ।

📤 Share this story:
sgadmin

sgadmin

Staff Reporter

← अगिल्लो समाचार
मूल्य घटेपछि अलैँची कृषक चिन्तित  
पछिल्लो समाचार →
बागलुङका दुर्गम गाउँमा केन्द्रीय लाइन  

Leave a Comment

Your email address will not be published. Required fields are marked *