Latest News
Kathmandu

टिपर दुर्घटनामा चालकको मृत्यु  

टिपर दुर्घटनामा चालकको मृत्यु  

Dumper accident when loading.

पाल्पामा गए राति टिपर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । ना ख ७९२४ नम्बरको टिपर दुर्घटना हुँदा चालक स्याङ्जाको गल्याङ नगरपालिका–१ राम्दीका २२ वर्षीय सरोज न्यौपानेको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी वीरेन्द्र थापाका अनुसार तिनाउँ गाउँपालिका–५ केराबारी नजिकै सिद्धार्थ राजमार्गमा पाल्पाबाट बुटवलतर्फ जाँदै गरेको टिपर सडकबाट करिब एक हजार तीन सय मिटर तल खसेको हो । दुर्घटनापश्चात् खोततलास गर्ने क्रममा न्यौपानेको शव आज बिहान तिनाउ खेलामा फेला परेको हो । दुर्घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।
–––

📤 Share this story:
sgadmin

sgadmin

Staff Reporter

← अगिल्लो समाचार
भ्रष्टाचारविरुद्ध व्यक्त गरिएको नीतिगत प्रतिबद्धता स्वागतयोग्य   
पछिल्लो समाचार →
पेट्रोलियम पाइपलाइन परियोजना : दोस्रो चरणको काम तीव्र 

Leave a Comment

Your email address will not be published. Required fields are marked *