Latest News
Kathmandu

अफ्रिकी देशहरुमा खाद्य सुरक्षाका लागि दश अर्ब अमेरिकी डलर सहयोग   

अफ्रिकी विकास बैंकले अफ्रिकी देशहरुमा खाद्य सुरक्षाको प्रयोजनका लागि आर्थिक सहयोग गर्ने भएको छ । सो सहयोगको रकमबाट अफ्रिकाका देशहरुमा खाद्य सुरक्षाका लागि आवश्यक कार्यक्रम तथा आयोजनाहरु सञ्चालन गरिने बताइएको छ ।

अफ्रिकी विकास बैंकका अध्यक्ष अकिनुवी अकेसिनाले बुधबार सो कुराको जानकारी दिनुभएको समाचारमा जनाइएको छ ।अफ्रिकी देशहरुमा कृषिको विकास तथा यस सम्बन्धी आयोजनाहरुको सञ्चालनका साथै यसका माध्यमबाट त्यहाँ खाद्यान्नको सुरक्षा गर्ने विषयमा सो बैंकले अहिलेका लागि १० अर्ब अमेरिकी डलर बराबरको सहयोग दिन थालेको उहाँले जानकारी दिनुभयो ।

डाकार खाद्य सुरक्षासम्बन्धी दोस्रो सम्मेलनका क्रममा बुधबार अध्यक्ष अदेसिनाले सो घोषणा गर्नुभएको हो ।उहाँले भन्नुभएको थियो सो रकम ती देशहरुलाई उपलब्ध गराउने प्रत्यक्ष सहयोग हो र यसबाट खाद्यान्न खरिद गर्नुका साथै कृषिका आयोजनाहरु सञ्चालन गरेर खाद्यान्न उत्पादनका काममा प्रयोग गर्न सकिनेछ ।

सो सम्मेलनलाई सम्बोधन गर्दै उहाँले भन्नुभएको थियो– अफ्रिकी देशहरु अहिले पनि आफ्ना उत्पादनहरुको निर्यातको सट्टा खाद्यान्नको आयातमा निर्भर हुनु परिरहेको छ र यो ठूलो दुर्भाग्या पनि हो ।

अहिले पनि विश्वको खेतीयोग्य जमिनको ठूलो हिस्सा अफ्रिकी देशहरुमा पर्दछ तर यहाँका नागरिक भोकै सुत्नुपर्ने अवस्था छ भन्दै उहाँले सबै देशहरुलाई उत्पादनका क्षेत्रमा लाग्न आग्रह पनि गर्नुभएको थियो ।

डाकारमा बुधबार सुरु भएको सो सम्मेलन यही शुक्रबारसम्म सञ्चालन हुनेछ । सो सम्मेलनमा अफ्रिकामा खाद्यान्नको सहयोग भन्दा पनि उत्पादनका लागि के कसरी तयारी गर्ने भन्ने बारेमा छलफल हुने भएको छ । –––

📤 Share this story:
sgadmin

sgadmin

Staff Reporter

← अगिल्लो समाचार
स्याङ्जामा भण्डारण गरिएको सुन्तला कुहियो   
पछिल्लो समाचार →
विदेशबाट फर्केर कृषि व्यवसायमा जुट्दै युवा   

Leave a Comment

Your email address will not be published. Required fields are marked *