Latest News
Kathmandu

  हालसम्मकै उच्च मूल्यमा कारोबार हुँदै सुन   

  हालसम्मकै उच्च मूल्यमा कारोबार हुँदै सुन   

Macro view of a shiny golden bar. Fine gold ingot close up. Financial success, business investment and wealth concept. 3D illustration

सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रू एक लाख छ हजार नौ सय तोकिएको छ ।

यो नेपाली बजारमा कायम भएको सुनको हालसम्मकै उच्च मूल्य हो । अघिल्लो दिन प्रतितोला रू एक लाख छ हजार दुई सय कायम भएकोमा आज प्रतितोला रू सात सयले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणअनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रू एक लाख छ हजार चार सय छ । यसको मूल्य अघिल्लो दिन रू एक लाख पाँच हजार सात सय थियो ।

त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यको तुलनामा रू १५ ले बढेर प्रतितोला रू एक हजार तीन सय ८० पुगेको महासङ्घले जनाएको छ । अन्तर्राष्ट्रिय बजारमा सुन तथा चाँदीको मूल्य बढेकाले यहाँको बजारमा त्यसको प्रभाव परेको महासङ्घका अध्यक्ष माणिकरत्न शाक्यको भनाइ छ ।

महासङ्घले अन्तर्राष्ट्रिय बजारमा हुने सुन तथा चाँदीको मूल्यका आधारमा दैनिक यहाँ कारोबार मूल्य तोक्दै आएको छ ।

📤 Share this story:
sgadmin

sgadmin

Staff Reporter

← अगिल्लो समाचार
विदेशबाट फर्केर कृषि व्यवसायमा जुट्दै युवा   
पछिल्लो समाचार →
शिक्षाको गुणस्तर वृद्धिमा सबैको भूमिका हुने   

Leave a Comment

Your email address will not be published. Required fields are marked *