Latest News
Kathmandu

शिक्षा क्षेत्रको रुपान्तरण आवश्यक : शिक्षामन्त्री खनाल   

शिक्षा क्षेत्रको रुपान्तरण आवश्यक : शिक्षामन्त्री खनाल   

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री शिशिर खनालले शिक्षा क्षेत्रको रुपान्तरणका लागि सबैसँग सहकार्य गरी अघि बढ्ने बताउनुभएको छ ।

काठमाडौँ तारकेश्वर-११ स्थित ग्रामीण आदर्श बहुमुखी क्याम्पसका संस्थापक व्यवस्थापन समितिका अध्यक्ष स्वर्गीय ढकालध्वज थापाको प्रतिमा अनावरण तथा सम्मान कार्यक्रममा बोल्दै उहाँले नेपालको शिक्षा जटिल अवस्थामा रहेको र यसलाई रुपान्तरण गर्नका लागि अग्रज तथा विज्ञहरुसँग छलफल र समन्वय गर्ने बताउनुयो ।

“मुलुकको शिक्षा जटिल अवस्थामा छ, शिक्षा क्षेत्रमा ठूलो संरचना निर्माण गर्नुपर्नेछ”, उहाँले भन्नुभयो, “विद्यालयमा समयमै पाठ्यपुस्तक पु¥याउन र गुणस्तर बढाउने विषयमा काम गर्नेछु ।” उहाँले शिक्षाको गुणस्तरीयतासँगै ८० लाख विद्यार्थी र ४÷५ लाख शिक्षक व्यवस्थापन चुनौतीपूर्ण रहेको बताउनुभयो ।

 

📤 Share this story:
sgadmin

sgadmin

Staff Reporter

← अगिल्लो समाचार
शिक्षाको गुणस्तर वृद्धिमा सबैको भूमिका हुने   
पछिल्लो समाचार →
पर्वत अस्पताललाई डिजिटल एक्सरे मेसिन   

Leave a Comment

Your email address will not be published. Required fields are marked *