Latest News
Kathmandu

नेपाल राष्ट्र बैंकका पहिलो गभर्नर हिमालय शमशेर जबराको निधन

नेपाल राष्ट्र बैंकका पहिलो गभर्नर हिमालय शमशेर जबराको निधन
नेपाल राष्ट्र बैंकका पहिलो गभर्नर हिमालयशमशेर जबराको ९५ वर्षको उमेरमा निधन भएको छ । काठमाडौंस्थित नर्भिक अस्पतालमा उपचाररत राणाको आइतबार बिहान साढे ६ बजे निधन भएको हो । जबराका ज्वाईं तथा कांग्रेसका नेता सुनीलबहादुर थापाका अनुसार  आजै पशुपति आर्यघाटमा अन्त्यष्टि गरिने छ ।

थापाले भने,  ‘अहिले हामी अस्पतालमै छौं । आधा घण्टापछि थापाथलीस्थिति घरमा लिएर राख्छौँ । घर परिवार आएपछि आज ११ बजेतिर अन्त्येष्टि गर्ने तयारी छ ।’

उनी विगत ५ वर्षदेखि पार्किन्सन्सको समस्याबाट पीडित हुनुहुन्थ्यो । उनको केही साताअघिदेखि नर्भिक इन्टरनेशनल हस्पिटलमा उपचार जारी राखिएको थियो । जबरा सन् १९२८ मा स्वस्थानी पूर्णिमाका दिन जन्मिएका थिए । ‘आज स्वस्थानी पूर्णिमाकै दिन बुवाको निधन भएको छ’, छोरी संगीता थापाले आफ्नो फेसबुक पेजमा लेखेकी छन् ।

जबराले संयुक्त राष्ट्रसंघ विकास कार्यक्रमअन्तर्गत रहेर सन् १९६२ देखि १९८६ सम्म विभिन्न देशहरूमा प्रतिनिधिको रुपमा काम गर्दै आएका थिए । उनी नेपालको पहिलो गभर्नर तथा पूर्वअर्थसचिव हुन् । उनी हिमालयन बैंकका संस्थापकसमेत हुन् । जबराका दुई छोरा र दुई छोरी छन् ।

📤 Share this story:
sgadmin

sgadmin

Staff Reporter

← अगिल्लो समाचार
रवि लामिछानेले पत्रकार सम्मेलन गर्दै
पछिल्लो समाचार →
सरकारबाट बाहिरिने रास्वपाको निर्णय

Leave a Comment

Your email address will not be published. Required fields are marked *