Latest News
Kathmandu

    चीनद्वारा साठी लाख अमेरिकी डलर सहयोग घोषणा   

    चीनद्वारा साठी लाख अमेरिकी डलर सहयोग घोषणा   

चीनले टर्कीएका भूकम्प पीडितका लागि ६० लाख अमेरिकी डलर सहयोग उपलब्ध गराउने घोषणा गरेको छ । आपत्कालीन सहायताअन्तर्गत उक्त रकम टर्कीएलाई उपलव्ध गराउने घोषणा भएको हो ।

साथै चीनको रेडक्रसले टर्कीए र सिरियालाई दुई लाख अमेरिकी डलरको आपत्कालीन सहायता प्रदान गर्ने जनाएको छ । टर्कीए र सिरियामा भूकम्पबाट भएको जनधनको क्षतिप्रति शोक प्रकट गर्दै बेइजिङले दुवै देशसँग सम्पर्कमा रहेको बताएको छ ।

यसअघि अष्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानीज र न्युजिल्याण्डका प्रधानमन्त्री क्रिस हिप्किन्सले भूकम्प प्रभावित टकीर्ए र सिरियाका लागि एक करोड १५ लाख अमेरिकी डलर सहयोगको घोषणा गर्नुभएको थियो ।

उद्धार टोली टर्कीए जाँदै

भूकम्प प्रभावित टर्कीएलाई सघाउन उद्धारकर्मी र राहत सामग्रीसहित भारतीय वायुसेनाका थप दुई विमान पठाउने भएको छ । उद्धार तथा राहतका कार्यमा सहयोग गर्न ६० पारा फिल्ड अस्पताल र कर्मचारीसहित आज साँझ र पछि टर्कीमा थप दुई वटा भारतीय वायुसेना विमान टर्कीए पठाइने रक्षा अधिकारीहरूले बताएका छन् । आगरास्थित आर्मी फिल्ड अस्पतालले ८९ सदस्यीय मेडिकल टोली पठाएको छ । यसैगरी भारतले पठाएको सहायताको पहिलो खेप टर्कीएको अदाना पुगेको छ ।

फिलिपिन्सका राष्ट्रपति फर्डिनान्ड रोमुआल्डेज मार्कोसले भूकम्प पीडितहरूको खोजी, उद्धार र सहयोगका निम्ति ८५ सदस्यीय टोली टर्कीए पठाउने बताउनुभएको छ । उहाँले फिलिपिन्सको टोलीमा स्वास्थ्यकर्मी र इन्जिनियर रहने आज पत्रकारहरूलाई जानकारी दिनुभयो ।

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको निर्देशनअनुसार उद्धारमा सहयोग गर्न एक सयभन्दा बढी रुसी उद्धारकर्ता टर्कीए पुगेका छन् । खोज र उद्धारमा उपयोग हुने एन्डोस्कोप, ध्वनिक उपकरण, जियोराडार र थर्मल इमेजरसहित रुसी टोली त्यहाँ पुगेको हो ।

त्यसैगरी संयुक्त राष्ट्रसङ्घका विभिन्न विशिष्टिकृत निकाय पनि राहत सामग्री लिएर टर्कीए पुगेका छन् । विश्व स्वास्थ्य सङ्गठन, विश्व खाद्य कार्यक्रमको टोली भूकम्प प्रभावित क्षेत्रमा पुगेको छ ।
–––

📤 Share this story:
sgadmin

sgadmin

Staff Reporter

← अगिल्लो समाचार
बालिका हत्यारालाई जन्मकैदको फैसला
पछिल्लो समाचार →
पाकिस्तानले भूकम्प प्रभावित टर्कीएमा राहत सामग्री, चिकित्सा र उद्धार टोली पठायो   

Leave a Comment

Your email address will not be published. Required fields are marked *