युक्रेनका राष्ट्रपति अकस्मात फ्रान्सको भ्रमणमा पुग्नुभएको छ । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलिन्स्कीले फ्रान्सको भ्रमण गर्ने कार्यक्रम पहिले नै तय नभएको भए पनि उहाँ बुधबार अकस्मात फ्रान्स पुग्नुभएको बताइएको छ ।
संयुक्त अधिराज्यको भ्रमणपछि उहाँ अकस्मात पेरिस पुग्नुभएको युक्रेनी राष्ट्रपतिको कार्यालयले बुधबार जारी गरेको एक सूचनामा जनाएको छ ।
राष्ट्रपति जेलिन्स्किीले बुधबार नै फ्रान्सेली राष्ट्रपति इमानुअल म्याक्रोँसँग भेटवार्ता पनि गर्नुभएको छ । त्यसैगरी उहाँले जर्मन चान्स्लर ओलफ स्कल्जसँग पनि पेरिसमा नै भेटवार्ता गर्नुभएको थियो । उहाँहरुका बीचमा बुधबार त्रिपक्षीय वार्ता भएको सो समाचारमा जनाइएको छ ।
त्यसैगरी उहाँहरु तिनैजना बुधबार राति रात्रिभोजमा पनि सहभागी हुनुभएको बताइएको छ । त्यस अवसरमा युक्रेनका राष्ट्रपति जेलिन्स्किीले युक्रेनको हालको अवस्थाका बारेमा जानकारी गराउनुभएको थियो ।
सो जानकारी पछि गएको वर्षदिनदेखि रुसले आक्रमण गरी समस्यामा परेको युक्रेनका लागि के कस्तो सहयोग पुर्याउन सकिन्छ भन्ने बारेमा पनि कुराकानी भएको बताइएको छ ।

Leave a Comment