जनकपुरधाम, २८ माघ (रासस) : मधेस प्रदेशको राजधानी रहेको धनुषाको जनकपुरधाम पौराणिक र ऐतिहासिक पर्यटकीयस्थलको रुपमा परिचित छ । जानकी, राममन्दिर, विवाहमण्डप, मणिमण्डप, स्वर्गद्वार, राजदेवी, जनक मन्दिर, गङ्गा आरती, शिव, सङ्कटमोचन, लक्ष्मण, कपिलेश्वर, कुपेश्वरनाथ महादेव, हनुमानगढीलगायत मन्दिर यहाँ अवस्थित छन् ।
महर्षि जनकको पूण्यभूमि र माता जानकीको पवित्र जन्मस्थलको रुपमा देश विदेशमा परिचित यस क्षेत्रको अवलोकनका लागि आन्तरिक तथा बाह्य पर्यटक आउने गरेका छन् ।
मुख्यगरी यहाँ माता जानकीको मन्दिर दर्शन गर्न आउने छन् । आवश्यक व्यवस्थापकीय काम भएमा जानकी मन्दिरको अवलोकन गर्न आउनेले केही दूरीमा रहेका अन्य मन्दिरसमेत अवलोकन गरी आनन्द लिन सक्छन् । यिनै मठमन्दिर अवलोकनका लागि उचित योजना निर्माण र व्यवस्थापन हुन नसक्दा धार्मिक पर्यटकले सोचेअनुसार आनन्द लिन सकेका छैनन् ।
पहिलो पटक जनकपुर आउनुभएकी काठमाडौँकी हीरादेवी बिसीले मठमन्दिरको हिसाबले सुन्दर ठाउँ भए पनि पार्किङ, प्रतीक्षालय र छाडा पशुचौपायाको व्यवस्थापन हुन सके अझ सहज हुने बताउनुभयो । “मन्दिर दर्शन गर्न आएकाले सडक छेउमै गाडी राख्नुपर्ने अवस्था छ, मन्दिर घुमिसकेपछि थकाइ मार्ने उपयुक्त

Leave a Comment