Latest News
Kathmandu

मेसीले गरे भूकम्प प्रभावित टर्की र सिरियाका लागि ३५ लाख युरो सहयोग

मेसीले गरे भूकम्प प्रभावित टर्की र सिरियाका लागि ३५ लाख युरो सहयोग

काठमाडौं । अर्जेन्टिनाका विश्वकप विजेता कप्तान लियोनल मेसीले भूकम्प प्रभावित टर्की र सिरियालाई ३५ लाख युरो सहयोग गरेका छन् ।

मेसीले टर्की र सिरियाका लागि ३५ लाख युरो बराबरको मानवीय सहायता उपलब्ध गराएका हुन् । यी दुई देशमा सोमबारको भूकम्पमा परेर मृत्यु हुनेको संख्या ११ हजार २२४ पुगेको छ । टर्कीमा मृत्यु हुनेको संख्या ८ हजार ७ सय ५४ र सिरियामा २ हजार ४७० जनाको मृत्यु भएको छ ।

टर्कीका सञ्चारमाध्यमका अनुसार अर्जेन्टिनाले आफ्नो फाउन्डेसनलाई भूकम्प प्रभावित क्षेत्रमा सहायता पठाउन आग्रह गरेको छ ।

टर्कीको दक्षिणी प्रान्त कहरामनमारसमा स्थानीय समयअनुसार सोमबार बिहान ४ः१७ बजे ७.७ म्याग्निच्यूडको भूकम्प गएको थियो भने त्यसको केही मिनेटपछि देशको दक्षिणी प्रान्त गाजियान्टेपमा ६.४ म्याग्निच्यूडको भूकम्प गएको थियो । त्यस्तै, सोही दिन दिउँसो १ः२४ मा ७।६ म्याग्निच्यूडको भूकम्प गएको थियो ।

📤 Share this story:
sgadmin

sgadmin

Staff Reporter

← अगिल्लो समाचार
टर्कीमा १० सहरका १ सय बढी ठेकेदार पक्राउ
पछिल्लो समाचार →
जीवनमा नयाँपन कसरी ल्याउने ?

Leave a Comment

Your email address will not be published. Required fields are marked *