युनिकोड    राशिफल    एफएम रेडियाे    छाँपा प्रकाशन                     

भारतीय विदेश सचिव विनयमोहन क्वात्रा काठमाडौं आइपुगेका छन् । दुई दिने नेपाल भ्रमणका लागि उनी सोमबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै काठमाडौंमा उत्रिएका हुन् ।

उनलाई त्रिभुवन विमानस्थलमा परराष्ट्र मन्त्रालयका सचिव भरतराज पौडेल, नेपालका लागि भारतीय राजदूत नविन श्रीवास्तव लगायतले स्वागत गरेका थिए ।

सचिव पौडेलको निमन्त्रणामा नेपाल भ्रमणमा आएका उनले भ्रमणका क्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र राजनीतिक दलका प्रमुख र सरकारी उच्च अधिकारीहरुसँग भेटवार्ता गर्ने कार्यक्रम छ । उनले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्रीदेखि राजनीतिक दलका शीर्ष नेताहरूलाई भेट्नेछ ।

सचिव क्वात्रा आज नै नेपाल-भारत सचिवस्तरीय उच्चस्तरीय संयन्त्रमा सहभागी हुनेछन् । उक्त छलफल पछि परराष्ट्र सचिव पौडेलले उनको सम्मानमा आयोजित लञ्च कार्यक्रममा सहभागी हुने कार्यतालिका छ ।

सचिवस्तरीय बैठकमा कनेक्टीभिटी, विद्युत व्यापार, कृषि तथा स्वास्थ्यसहितका विषयमा छलफल हुनेछ । लञ्चपछि भारतीय विदेश सचिवले परराष्ट्रमन्त्री विमला राईसँग द्वि-पक्षीय भेटवार्ता गर्ने कार्यक्रम छ । प्रधानमन्त्री पुष्पकमल दाहालसँगको भेटमा भने भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पठाएको निमन्त्रणा पत्र हस्तान्तरण गर्नेछन् ।

सोमबार नै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भेट्ने कार्यक्रम तय भएको छ । विदेश सचिव क्ववत्राले मंगलवार भने नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा र राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट गरेर स्वदेश फर्कने कार्यक्रम छ ।

यसअघि गत भदौमा परराष्ट्र सचिव पौड्यालले भारत भ्रमण गरेका थिए । क्वात्राको भ्रमण नेपाल-भारतबीच भइरहेको उच्चस्तरिय भ्रमणको निरन्तरता भएको उल्लेख गर्दै परराष्ट्र मन्त्रालयले उनको भ्रमण दुई देशको सम्बन्धलाई अझ गहिरो बनाउने मौका हुने जनाएको छ ।

विदेश सचिवको रूपमा क्वात्राको यो पहिलो नेपाल भ्रमण हो भने पुष्पकमल दाहाल ‘प्रचण्ड’को नेतृत्वमा नयाँ सरकार बनेपछि पहिलो पटक उच्च भारतीय कूटनीतिज्ञ काठमाडौं आउन लागेका हुन् ।

क्वात्राले भारतीय राजदूतका रूपमा नेपालमा दुई वर्ष बिताएका थिए। गत चैतमा उनी भारतीय विदेश सचिव नियुक्त भएका हुन् । उनी सन् १९८८ देखि भारतको कूटनीतिक सेवामा प्रवेश गरेका थिए । नेपाल आउनुअघि उनले विदेश मन्त्रालय र प्रधानमन्त्री कार्यालय, अमेरिकास्थित भारतीय दूतावासमा काम गरेका थिए ।

 

प्रतिक्रिया

प्रतिक्रिया

सम्बन्धित ख