Latest News
Kathmandu

सात महिनामा सवारी दुर्घटनामा परी ७५ को मृत्यु   

सात महिनामा सवारी दुर्घटनामा परी ७५ को मृत्यु   

झापामा सात महिनाको अवधिमा भएका सवारी दुर्घटनामा परेर ७५ जनाको मृत्यु भएको छ ।

चालु आर्थिक वर्ष २०७९÷८० को माघ मसान्तसम्म यहाँ चार सय ५७ सवारी दुर्घटना भएका छन् । उक्त दुर्घटनामा परी ७५ जनाको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रमुख प्रहरी उपरीक्षक अशोककुमार जवेगुले जानकारी दिनुभयो ।

कार्यालयका अनुसार साउनमा १२, भदौमा पाँच, असोजमा १६, कात्तिकमा नौ, मङ्सिरमा १४, पुसमा १२ र माघमा सात जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा ५७ पुरुष, १४ महिला, दुई बालक र दुई बालिका छन् ।

ती दुर्घटनामा एक सय सात जना गम्भीर घाइते भएका छन् भने छ सय ३९ जना सामान्य घाइते भएका कार्यालयले जनाएको छ ।

दुर्घटना हुने सवारीमा चार सय ३३ ओटा मोटरसाइकल,४६ टेम्पो, ५९ साना सवारी, ३२ बस, १७ ट्रक, छ ट्रिपर, १८ ट्याक्टर र ५९ ओटा जिप–कार रहेका प्रमुख जवेगुले जानकारी दिनुभयो ।

प्रहरीले चालु आवको माघ मसान्तसम्म रू दुई करोड दुई लाख छ हजार पाँच सय राजवस्व सङ्कलन गरेको छ । ट्राफिक नियम उल्लङ्घन गर्ने २८ हजार आठ सय ओटा सवारीलाई कारबाही गरी उक्त राजस्व सङ्कलन गरिएको हो ।

कार्यालयले चार हजार एक सय ३४ ओटा दुर्घटना न्यूनीकरण, ट्राफिक नियम पालनालगायत विभिन्न सचेतनामूलक कार्यक्रम समेत गरेको छ । उक्त कार्यक्रममा एक लाख सात हजार ४२ जनाको सहभागिता रहेको कार्यालयको तथ्याङ्कमा उल्लेख छ ।
–––

📤 Share this story:
sgadmin

sgadmin

Staff Reporter

← अगिल्लो समाचार
भवन निर्माण नहुँदा कैदीबन्दी राख्न समस्या   
पछिल्लो समाचार →
  भूउपयोग वर्गीकरणमा पौवादुङमा पहिलो पालिका  

Leave a Comment

Your email address will not be published. Required fields are marked *